‘मालती मंगले’ प्रदर्शनको दोस्रो सातामा, रामकृष्णले सार्वजनिक गरे ‘झुटो आरोप’
काठमाडौँ । गायक रामकृष्ण ढकालले निर्माण गरेको फिल्म ‘मालती मंगले’ प्रदर्शनको दोस्रो सातामा प्रवेश गरेको छ । फिल्मले पहिलो साता सन्तोषजनक व्यापार गरेको निर्माता ढकालले जानकारी दिए ।
प्रकु पाण्डेय निर्देशित फिल्मले अभावका बिच हाँसीखुसी रहेका ग्रामीण दम्पतीको जीवनमा कथित सामाजिक मान्यता र भ्रम हाबी हुँदा आउने उतारचढावको कथा भन्छ । रानी फिल्म्स प्रालिको ब्यानरमा बनेको फिल्ममा विजय बराल, वर्षा राउत र मेक्सम गौडेलको मुख्य भूमिका छ ।
गायक तथा निर्माता ढकालले विभिन्न अफवाहका बिच पनि हलसम्म आएर दर्शकले फिल्मलाई माया दिएको बताए । ‘यो हल्लैहल्लाको समाजमा विभिन्न अफवाहहरू पनि यसबिचमा फैलिए । तर त्यसको कुनै परवाह नगरी आदरणीय दर्शकहरू मालती मंगलेलाई माया दिन हलसम्म आइरहनुभएको छ, यो हाम्रो लागि ठुलो आशीर्वाद हो,’ ढकालले रातोपाटीसँग भने, ‘फिल्मको कथा र उठाएको विषयवस्तुलाई दर्शकहरूले निकै मन पराउनुभएको छ । यसले आगामी फिल्मका लागि पनि हौसला मिलेको छ ।‘ उनले दोस्रो सातामा पनि दर्शकहरूबाट थप माया पाउने अपेक्षा गर्दै फिल्म लगानी सुरक्षित गर्ने बाटोमा रहेको बताए ।

फिल्मको टिम अहिले हल-हलमा पुगेर दर्शकको प्रतिक्रिया बुझिरहेको छ । साढे दुई दशकअघि आफ्नै सांगीतिक संघर्षमा आधारित फिल्ममा अभिनय गरेका गायक ढकाल ‘मालती मंगले’बाट निर्माताका रूपमा आएका हुन् ।
यसैबिच, प्रदर्शनको दोस्रो सातामा प्रवेश गरेको अवसर पारेर शुक्रबार ‘मालती मंगले’को नयाँ गीत ‘झुटो आरोप’ सार्वजनिक गरिएको छ ।
हे दैव छस् भने तँ यो संसारमा
सक्दो अझ दु:ख दे मैंमाथि
झुटो आरोप मैंमाथि
झुटो मुद्दा मैंमाथि
कति पीडा दिन सक्छन् दे मैंमाथि
गोपाल अधिकारीको शब्द र हरि लम्सालको संगीत रहेको गीतले झुटो आरोप र पीडाको भाव व्यक्त गर्छ । भिडियोमा फिल्मका शीर्ष कलाकार विजय बराल र वर्षा राउतका साथै मेक्सम गौडेल, प्रकाश घिमिरे लगायत फिचर्ड छन् । गीत फिल्मको कथामा भएपनि आफ्नै वर्तमान मनस्थितिलाई समेत यसका शब्दले चित्रण गरेको आभास मिल्ने ढकालले बताए ।
जेनजी आन्दोलनका क्रममा रास्वपा सभापति रवि लामिछाने कारागारबाट निस्किँदा ढकालले आफ्नो गाडी लिएर गएको विषय बाहिरिएपछि केही सामाजिक सञ्जाल प्रयोगकर्ता उनीमाथि खन्निएका थिए । केहीले फिल्म बहिष्कारको ट्रेन्ड समेत चलाएका थिए ।
‘तर यी सबै भ्रमहरूलाई तोड्दै दर्शकहरू हलसम्म आइदिनुभयो, यसका लागि आभारी छौँ,’ उनले भने, ‘यो फिल्म निर्माण भन्दा पनि रिलिजमा गरिएको संघर्षले जीवनमा धेरै पाठ सिकायो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण