स्वास्थ्य मन्त्री निशा मेहताको नेतृत्वमा ३ जनाको टोली शनिबार जेनेभा प्रस्थान गर्ने
सारांश
- विश्व स्वास्थ्य महासभामा नेपालले यस वर्ष उपाध्यक्षको जिम्मेवारी सम्हाल्दै छ ।
- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री निशा मेहताको नेतृत्वमा ३ जनाको टोली शनिबार जेनेभा प्रस्थान गर्नेछ ।
- सरकारले छरितो र विज्ञहरू सम्मिलित टोली मात्र पठाउने निर्णय गर्दै अनावश्यक खर्च कटौती गरेको छ ।
विराटनगर । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)को सर्वोच्च नीति–निर्माण तह ७९औँ विश्व स्वास्थ्य महासभामा नेपालले यस वर्ष उपाध्यक्षको जिम्मेवारी सम्हाल्दै छ ।
आगामी २०८३ जेठ ३ देखि १० गतेसम्म स्वीट्जरल्याण्डको जेनेभामा हुने यस महासभामा नेपालले उपाध्यक्षको भूमिका निर्वाह गर्दै विश्व स्वास्थ्य कूटनीतिमा आफ्नो प्रभाव विस्तार गर्ने भएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री निशा मेहताको नेतृत्वमा ३ जनाको टोली शनिबार (भोली) जेनेभा प्रस्थान गर्न लागेको छ । नेपाली प्रतिनिधिमण्डलले यस मञ्चमा नेपालको तर्फबाट नेतृत्वदायी प्रस्तुति दिनेछ ।
अन्तर्राष्ट्रिय मञ्चहरूमा सहभागिता जनाउने क्रममा विगतमा ठूलो सङ्ख्यामा प्रतिनिधिमण्डल पठाउने ‘जम्बो टोली’को प्रवृत्ति रहँदै आएकोमा, यस पटक सरकारले त्यसमा सुधार गर्दै छरितो र विज्ञहरू सम्मिलित टोली मात्र पठाउने निर्णय गरेको मन्त्री महतोको सचिवालयले जनाएको छ ।
परराष्ट्र मन्त्रालयको विवरणअनुसार ९ सदस्यीय प्रतिनिधिमण्डलमध्ये नेपालबाट मन्त्री मेहतासहित तीन जना मात्र उच्चपदस्थ अधिकारीहरू जेनेभा प्रस्थान गर्नेछन् । बाँकी ६ जना सदस्यहरू जेनेभास्थित नेपालको स्थायी नियोगबाटै सहभागी हुने व्यवस्था मिलाइएको छ । अनावश्यक भ्रमण भत्ता र हवाई भाडा जस्ता प्रशासनिक खर्च कटौती गर्दै, विदेशस्थित कूटनीतिक नियोगको जनशक्तिलाई अधिकतम उपयोग गर्ने सरकारको यो कदमलाई राष्ट्रिय स्तरमा एक स्वागतयोग्य र मितव्ययी अभ्यासका रूपमा लिइएको छ ।
यसले न्यून लागत र प्रभावकारी जनशक्ति व्यवस्थापनको नमुना प्रस्तुत गरेको सचिवालयको दाबी छ । नेपालबाट प्रस्थान गर्ने अधिकारीहरुमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकी मन्त्री निशा मेहता, सोही मन्त्रालयकी सहसचिव यशोदा अर्याल र सहसचिव डा. रोशन न्यौपाने रहेका छन् ।
महासभामा जेनेभास्थित स्थायी नियोगबाट भने राजदूत तथा स्थायी प्रतिनिधि राम प्रसाद सुवेदी, उप–स्थायी प्रतिनिधि–मन्त्री डमरु बल्लभ पौडेल, काउन्सिलर सुवाङ पराजुली, प्रथम सचिव कृष्ण सिलवाल, रोनल राई र द्वितीय सचिव सुजन लामिछानेले सहभागीता जनाउनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण