लखनउद्वारा चेन्नई ७ विकेटले पराजित, मार्शको विस्फोटक ब्याटिङ
सारांश
- इन्डियन प्रिमियर लिगमा लखनऊ सुपर जायन्ट्सले चेन्नई सुपर किंग्सलाई ७ विकेटले पराजित गरेको छ ।
- टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १८७ रनको योगफल तयार पारेको थियो ।
- १८८ रनको लक्ष्य पछ्याएको लखनउका लागि मिचेल मार्शले ३८ बलमा ९० रनको उत्कृष्ट प्रदर्शन गरे ।
काठमाडौँ । इन्डियन प्रिमियर लिग अन्र्तगत शुक्रबार भएको रोमाञ्चक खेलमा लखनऊ सुपर जायन्ट्सले चेन्नई सुपर किंग्सलाई ७ विकेटले पराजित गरेको छ । मिचेल मार्शको विस्फोटक ब्याटिङको मद्दतले लखनउले १८८ रनको लक्ष्य १६.४ ओभरमा मात्र ३ विकेट गुमाएर पूरा गर्यो ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको चेन्नईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १८७ रन बनाएको थियो । चेन्नईका लागि कार्तिक शर्माले सर्वाधिक ७१ रनको योगदान दिए । उनले ४२ बलमा ६ चौका र ५ छक्का प्रहार गरे । त्यस्तै, शिवम दुबेले अविजित ३२ तथा डेवाल्ड ब्रेभिसले २५ रन बनाए । लखनउका आकाश सिंहले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा २६ रन खर्चेर ३ विकेट लिए भने मोहम्मद शामी र शाहबाज अहमदले एक–एक विकेट लिए ।
१८८ रनको विजयी लक्ष्य पछ्याएको लखनउले उत्कृष्ट सुरुवात गर्यो । ओपनर मिचेल मार्शले आक्रामक ब्याटिङ गर्दै मात्र ३८ बलमा ९० रन बनाए । शतक बनाउनबाट चुकेका मार्शले आफ्नो पारीमा ९ चौका र ७ छक्का प्रहार गरे । उनलाई जोश इंग्लिसले ३६ रन बनाएर राम्रो साथ दिए । अन्त्यमा निकोलस पूरनले अविजित ३२ रन बनाउँदै २० बल बाँकी छँदै टोलीलाई जित दिलाए ।
चेन्नईका लागि मुकेश चौधरी, स्पेन्सर जोन्सनले एक–एक विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण