मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

गल्ती गरेको प्रमाणित भए सरकारले छोड्दैन: पूर्वगृहमन्त्री गुरुङ

शनिबार, ०२ जेठ २०८३, ०१ : १५
शनिबार, ०२ जेठ २०८३

सारांश

  • पूर्वगृहमन्त्री सुदन गुरुङले आफूविरुद्ध छानबिन समिति बनेको र सरकारले सत्यतथ्य बाहिर ल्याउनेमा आफू ढुक्क रहेको बताएका छन् ।
  • उनले आफूबाट गल्ती भएको प्रमाणित भए सरकारले कुनै हालतमा नजोगाउने र कारबाही गर्ने दाबी गर्दै कुनै गलत काम नगरेको बताए ।
  • गुरुङले नेताहरूले गलत गरेको पाइए कारबाही हुन्छ भनेर पहिल्यै सचेत गराइसकेको र आफू ढुक्क रहेको बताए ।

काठमाडौँ । तत्कालीन गृहमन्त्री तथा सांसद सुदन गुरुङले आफू विरुद्ध छानबिन समिति बनेको र सरकारले सत्यतथ्य बाहिर ल्याउनेमा आफू ढुक्क रहेको बताएका छन् ।

यदि आफूबाट गल्ती भएको प्रमाणित भए वर्तमान सरकारले कुनै हालतमा नजोगाउने र कारबाही गर्ने भन्दै उनले आफूले कुनै पनि गलत काम नगरेको दाबी गरे। पत्रकारहरूसँग कुरा गर्दै गुरुङले भने, “हाम्रो सरकारले कसैलाई पनि छाड्दैन । हाम्रै श्रममन्त्रीलाई त छाडेन भने मलाई झन् कुनै हालतमा छाड्दैन । पहिलेका दलहरूजस्तो यताउति म्यानिपुलेट गरेर वासिङ मेसिनमा धोएर ल्यायो भन्ने हाम्रोमा हुँदैन ।”

गुरुङले समिति गठन हुनुअघि नै दलका प्रमुख नेताहरूले आफूलाई “कुनै गलत काम त छैन नि?” भनेर प्रश्न गरेको समेत बताए । उनले थपे,

“नेताहरूले गलत गरेको पाइए कारबाही हुन्छ भनेर पहिल्यै सचेत गराइसकेका छन् । म ढुक्क छु, मेरो कुनै गल्ती छैन।”

यसैबिच, रास्वपा नेतृ एलिजा गुरुङले शुक्रबार नेपाली उत्पादनमा आधारित महिलाहरूका लागि सञ्चालन गरिएको कपडा पसल ‘चिनो’ को उद्घाटन गरेकी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप