बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय
चेन्नई सुपर किंग्स

के धोनी हैदरावद विरुद्ध मैदानमा उत्रिनेछन् ?

शनिबार, ०२ जेठ २०८३, २३ : ०८
शनिबार, ०२ जेठ २०८३

सारांश

  • इन्डियन प्रिमियर लिगको अन्तिम चरणमा रहे पनि चेन्नई सुपर किंग्सका पूर्व कप्तान एमएस धोनी यस सिजनमा अहिलेसम्म एक खेल पनि खेलेका छैनन् ।
  • पिँडुलाको चोटका कारण धोनीले यस सिजनका १२ खेल गुमाएका छन्, तर पूर्व क्रिकेटर आर अश्विनले उनी हैदराबाद विरुद्धको खेलमा मैदानमा फर्कन सक्ने सम्भावना व्यक्त गरेका छन् ।
  • धोनीको अनुपस्थितिमा चेन्नईको प्रदर्शन उतारचढावपूर्ण रहेको छ र प्लेअफमा पुग्नका लागि उसले बाँकी दुवै खेल ठुलो अन्तरले जित्नुपर्नेछ ।

काठमाडौँ । इन्डियन प्रिमियर लिग आफ्नो अन्तिम चरणमा पुगेको छ, तर चेन्नई सुपर किंग्सका पूर्व कप्तान तथा ब्याट्सम्यान एमएस धोनीले आफ्ना फ्यानहरूलाई पर्खाइरहेका छन् । यो सिजनमा अहिलेसम्म एक खेल पनि नखेलेका धोनीलाई बाँकी दुई खेलमा हेर्न फ्यानहरू आतुर छन् । यही बीच, चेन्नईका पूर्व खेलाडी रविचन्द्रन अश्विनले धोनीको पुनरागमनबारे महत्त्वपूर्ण सङ्केत दिएका छन् ।

चेन्नईले आफ्नो आगामी खेल मे १८ मा सनराइजर्स हैदराबाद विरुद्ध खेल्दै छ । यही खेलमा धोनी मैदानमा देखिन्छन् वा देखिँदैनन् भन्ने बहस चलिरहेका बेला अश्विनले उनी फर्कन सक्ने सम्भावना व्यक्त गरेका हुन् ।

यस सिजन चेन्नईले १२ खेल खेलिसकेको छ, तर धोनी पिँडुलाको चोटका कारण सबै खेलबाट बाहिर रहेका छन् । उनलाई प्रि–सिजन प्रशिक्षणकै क्रममा यो चोट लागेको थियो । फ्यानहरूले शुक्रबार लखनउ सुपर जायन्ट्स विरुद्धको खेलमा धोनी फर्कने आशा राखेका थिए, तर त्यो पूरा हुन सकेन। उक्त खेलमा चेन्नई ७ विकेटले पराजित भएसँगै उसको प्लेअफको यात्रा थप कठिन बनेको छ ।

पूर्व क्रिकेटर आर अश्विनले धोनी हैदरबाद विरुद्धको खेलमा मैदानमा उत्रन सक्ने विश्वास व्यक्त गरेका छन् । आफ्नो युट्युब च्यानलमा कुरा गर्दै उनले भने, ‘यदि हामी एक राम्रो पेस हिटरको कुरा गर्छौं भने, मलाई लाग्छ त्यो धोनी नै हुन् । उनी हैदरबारद विरुद्ध खेल्ने सम्भावना छ । पर्खौँ र हेरौँ के हुन्छ ।’ अश्विनले थपे, ‘जहाँसम्म मैले सुनेको छु, धोनी पछिल्ला दुई–तीन खेलदेखि मैदानमा उत्रिनका लागि तयार छन् ।’

धोनी बिना सङ्घर्ष गर्दै चेन्नई धोनीको अनुपस्थितिमा चेन्नईको प्रदर्शन निकै उतारचढावपूर्ण रहेको छ । उनको अभावमा टोलीले विकेटकिपिङका लागि सञ्जु सामसनमा भर पर्नु परेको छ भने डेथ ओभर्समा युवा खेलाडी डेवाल्ड ब्रेभिसले फिनिसिङको भूमिका राम्ररी निभाउन सकिरहेका छैनन् । यस्तो अवस्थामा, एक उत्कृष्ट फिनिसर र रणनीतिकारको रूपमा धोनीको पुनरागमनले अन्तिम दुई लिग खेलमा टोलीलाई ठुलो फाइदा पुग्न सक्छ ।

चेन्नई अझै पनि प्लेअफको दौडमा कायम छ। प्लेअफमा पुग्नका लागि उसले आफ्ना दुवै खेल ठुलो अन्तरले जित्नुपर्नेछ । हाल चेन्नई १२ खेलमा ६ जित र ६ हारसहित १२ अङ्कका साथ अङ्क तालिकाको छैटौँ स्थानमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप