मूल्यमा पारदर्शिता कायम गर्न बजार अनुगमन
पर्वत । सरकारले यस वर्ष गत वैशाख २८ देखि यही जेठ ३ गतेसम्म मनाइरहेको मूल्यमा पारदर्शिता सप्ताहअन्तर्गत शनिबार पर्वतका विभिन्न क्षेत्रमा बजार अनुगमन गरिएको छ ।
बजारमा कृषिजन्य वस्तुको अवस्था, मासुजन्य वस्तु तथा कृषि तथा भेटेरिनरीका बीउबिजन, विषादी र वस्तुभाउका औषधिको अवस्था, मूल्यसूची र गुणस्तरीयता परीक्षण गर्ने उद्देश्यले बजार अनुगमन गरिएको हो । यहाँ जलजला, मोदी गाउँपालिका र कुश्मा नगरपालिकाका पसलमा भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय र कृषि विकास कार्यालयको संयुक्त आयोजनामा अनुगमन गरिएको हो ।
तीन वटै पालिकामा गरी मासु पसल नौ वटा, माछा पसल एक, भेटेरिनरी सेन्टर पाँच, डेरी उद्योग तीन र कृषि बीउ केन्द्र/बीउ भण्डार तथा एग्रो सेन्टर तीन गरी जम्मा २० वटामा अनुगमन गरिएकोे भेटेरिनरी अस्पतालका प्रमुख सुरेशकुमार श्रेष्ठले जानकारी दिए ।
अनुगमनका क्रममा अधिकांश पसलमा मूल्य सूची नराखिएको, सरसफाइमा ध्यान नदिइएको, पसल नवीकरण नगरिएको, विषादी र अन्य सामान एकै ठाउँमा राखेर बिक्री वितरण गरिएको, विषादी विक्रेताले खतराको चिह्न नराखेको, सबै प्रकारको मासु एउटै फ्रिजमा राखिएकोजस्ता समस्या देखिएका छन् । यसैगरी सेतो टायल लगाउन, दाउ र अचानो छुट्टाछुट्टै राख्न, हात धुनका लागि बेसिनसहितको धारा राख्नुलगायत सुझाव दिइएको छ ।
सप्ताहका अवसरमा पहिलो पटक गरिएको बजार अनुगमनमा समस्या देखिएका पसलमा सुधार गर्न एक साताको समयावधि दिइएको छ । तत्काल मूल्य सूची राख्न, मासु पसलमा आवश्यक पूर्वाधार निर्माण गर्न, उद्योग व्यवसाय दर्ता तथा नवीकरण, विषादी वितरणमा आवश्यक सतर्कता अपनाउन आग्रह गर्दै सुधार नभएमा अर्को पटकको अनुगमनमा कारबाही गर्ने चेतावनी दिइएको छ । उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल पर्ने खालका कुनै पनि गतिविधि नगर्न आग्रह गरिएको कृषि विकास कार्यालयका प्रमुख गोपाल लामिछानेले जानकारी दिए ।
अनुगमनमा जिल्ला प्रशासन कार्यालय, उपभोक्ता मञ्चका अध्यक्ष सरिता भण्डारी, पर्वत उद्योग वाणिज्य सङ्घका महासचिव खड्गप्रसाद खनाललगायत विभिन्न पालिकाका पशु तथा कृषि शाखा प्रमुखहरूको सहभागिता थियो । जिल्लाका अन्य पालिकामा रहेका बजार तथा पसलमा पनि अनुगमन गरिने कार्यालयले जनाएको छ । यसबाहेक जिल्ला प्रशासन कार्यालय, एकीकृत सेवा कार्यालय र सम्बन्धित पालिकाले समेत मातहतका पसलहरू अनुगमनको तयारी गरेका छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण