उच्च रक्तचापको मापन के हो ?
सारांश
- सामान्यतया १२०/८० रक्तचापलाई सामान्य मानिन्छ, तर १२० भन्दा बढी सिस्टोलिक र ८० भन्दा कम डायस्टोलिक रक्तचापलाई उच्च रक्तचाप भनिन्छ ।
- स्टेज वान उच्च रक्तचापमा सिस्टोलिक १२०-१३० र डायस्टोलिक ८०-८५ हुन्छ, जसलाई खानपान र व्यायामले नियन्त्रण गर्न सकिन्छ ।
- स्टेज टु उच्च रक्तचापमा सिस्टोलिक १३०-१४० र डायस्टोलिक ८५-९० हुन्छ, जसलाई तीन महिनासम्म जीवनशैली सुधारपछि पनि नियन्त्रण नभएमा औषधि आवश्यक पर्छ ।
सामान्यतया हाम्रो शरीरको रक्तचाप मापन गर्दा सिस्टोलिक १२० र डायस्टोलिक ८० हुनुपर्छ । यदी स्टिोलिक रक्तचाप १२० भन्दा माथि र डायस्टोलिक रक्तचाप ८० भन्दा कम हुनुलाई उच्च रक्तचाप भएको भनिन्छ ।
यदी सिस्टोलिक रक्तचाप १२० भन्दा देखि १३० सम्म छ र डायस्टोलिक रक्तचाप ८० देखि ८५ छ भने त्यसलाई स्टेज वान उच्च रक्तचाप भनिन्छ ।
यस्तै सिस्टोलिक रक्तचाप १३० देखि १४० सम्म र डायस्टोलिका रक्तचाप ८५ देखि ९० सम्म छ भने त्यसलाई स्टेज टु उच्च रक्तचाप भनिन्छ ।
यदि सिस्टोलिक रक्तचाप १४० भन्दा माथि र डायस्टोलिक रक्तचाप ९० भन्दा माथि भएकाहरुमा आँखा बिग्रने, मिर्गौला बिग्रने जोखिम रहन्छ ।
सिस्टोलिक रक्तचाप १२० सम्म राख्न सकियो भने पक्षघात, स्ट्रोक, आँखाको रेटिना बिग्रने, मिर्गौला बिग्रने जोखिम कम हुन्छ ।
यदी स्टेज वानको उच्च रक्तचापको समस्या छ भने स्वस्थकर खानपानले पनि उच्च रक्तचाप नियन्त्रण गर्न सकिन्छ । उच्च रक्तचाप नियन्त्रणका लागि स्वास्थ्यकर खाना खाने, शारीरिक व्यायाम गर्ने र तनावमुक्त रहनुपर्छ ।
स्टेज वान उच्च रक्तचापमा औषधि सेवन गरिहाल्नु पर्दैन । खानपानमा ध्यान दिएर नियन्त्रणमा राख्न सकिन्छ । स्टेज २ उच्च रक्तचाप अर्थात सिस्टोलिक रक्तचाप १३० देखि १४० सम्म र डायस्टोलिका रक्तचाप ८५ देखि ९० सम्म छ भने तीन महिनासम्म खानपान र व्यायाममा ध्यान दिनुपर्छ । तीन महिनासम्म जीवनशैलीमा सुधार गर्दा पनि रक्तचाप कम भएन भने औषधि सेवन गर्नुपर्छ ।
- उच्च रक्तचाप नियन्त्रणका लागि ध्यान दिनुपर्ने कुराहरु
–एकदिनमा ४ देखि ६ ग्रामभन्दा बढी नुन नखाने ।
–तरकारी, फलफूल, नष्ट एण्ड सिड्स खाने गर्नुपर्छ ।
– धेरै चिल्लो, तारेको भुँटेको खानेकुरा कम खाने ।
–बोसोयुक्त मासु कम गर्ने ।
–धुमपान गर्नुहुँदैन ।
– योगा वा मेडिटेसन गर्ने ।
– तनाव कम गर्ने ।
– श्वासप्रश्वासको व्यायाम गर्ने ।
– नियमित शारीरिक व्यायाम गर्ने ।
- कति समय हिँड्ने ?
उच्च रक्तचापका बिरामीले पनि नियमित शारीरिक व्यायाम गर्नुपर्छ । एक सातामा
पुरुषले ५२० मिनेट र महिलाले २२० देखि २४० मिनेट हिड्ने वा शारीरिक व्यायाम गर्ने गनुपर्छ ।
(डा जेपी जैसवाल नर्भिक अस्पतालमा सिनियर कन्सल्टेन्ट कार्डियोलोजिष्ट तथा फिजिसियनको रुपमा कार्यरत छन्)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण