संविधान संशोधनका लागि पूर्वप्रधानन्यायाधीशको नेतृत्वमा आयोग बनाउनुपर्छ : अर्जुननरसिंह केसी
सारांश
- नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले संविधान संशोधनका लागि पूर्वप्रधानन्यायाधीशको नेतृत्वमा आयोग गठन गरिनुपर्ने बताएका छन् ।
- उनले आयोगले संसदभित्र र बाहिर रहेका सबै राजनीतिक पक्षलाई संयोजन गरेर सुझाव दिनुपर्ने बताए ।
- केसीले संविधानले कुनै पार्टीका इच्छा मात्र नेतृत्व गर्नु नहुने र राष्ट्रिय बहस आवश्यक रहेको बताए ।
काठमाडौँ । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले संविधान संशोधनका लागि पूर्वप्रधानन्यायाधीशको नेतृत्वमा संविधान संशोधनका लागि सुझाव दिन आयोग गठन गरिनुपर्ने बताएका छन् ।
प्रजातान्त्रिक विचार समाजले आइतबार काठमाडौँमा आयोजना गरेको ‘समसामयिक राजनीतिमा नेपाली कांग्रेसको भूमिका’ सम्बन्धी अन्तरक्रिया कार्यक्रममा केसीले आयोगले संसदभित्र र बाहिर रहेका सबै राजनीतिक पक्षलाई संयोजन गरेर सुझाव दिनुपर्ने बताए । संविधानले कुनै पार्टीका इच्छा मात्र नेतृत्व गर्नु नहुने र राष्ट्रिय बहस आवश्यक रहेको उनले बताए।
‘एउटा कुनै पूर्वप्रधानन्यायाधीशको अथवा त्यत्तिकै राष्ट्रले चिनेको संविधानविद र विज्ञको संयोजकत्वमा संविधान सुधार सुझाव आयोग गठन होस्,’ केसीले भने ‘संविधानले कुनै पार्टीका इच्छा र अभिमतलाई मात्र नेतृत्व नगरी व्यवहारमा देखिएका त्रुटि कमजोरी समेतलाई केन्द्रबिन्दुमा राखेर संविधानबारे राष्ट्रिय रूपमा बहस चलाउनुपर्छ ।’
यस विषयमा आफूले कांग्रेसका सभापति र महामन्त्रीलाई समेत सुझाव दिइसकेको केसीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनालद्वारा बेलायतका रक्षा मन्त्रीसँग भर्चुअल बैठक
-
औद्योगिक क्षेत्रको बक्यौता नतिर्नेमाथि कठोर कदम: सात दिनभित्र भुक्तानी नगरे सञ्चालक नै पक्राउ पर्ने
-
सरकारद्वारा जिल्ला भूमि समस्या समाधान समिति गठन, प्रमुख जिल्ला अधिकारीलाई अध्यक्षको जिम्मेवारी
-
यार्सागुम्बा सिजनमा सुनसान बने उत्तरी गोरखाका गाउँ
-
टोखाबाट खैरो हिरोइनसहित एक जना पक्राउ
-
सुदूरपश्चिम प्रदेशमा यस्तो बन्यो पुनर्गठित मन्त्रिपरिषद् (सूचीसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण