नेपाल चलचित्र कलाकार संघको अध्यक्षमा उत्तम केसी विजयी
सारांश
- नेपाल चलचित्र कलाकार संघको २१ औँ महाधिवेशनमा उत्तम केसी २१६ मत प्राप्त गरी अध्यक्षमा विजयी भएका छन् ।
- उनले प्रतिस्पर्धी सबिन श्रेष्ठलाई १३२ मतले पराजित गरेका हुन् ।
- नयाँ कार्यसमिति आगामी तीन वर्षका लागि चयन भएको छ ।
काठमाडौँ । नेपाल चलचित्र कलाकार संघको अध्यक्षमा कलाकार उत्तम केसी ‘चुईचुइ पारेर’ चयन भएका छन् । संघको शनिबार संम्पन्न २१ औँ महाधिवसनले केसीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।
प्रतिद्वन्द्वी सबिन श्रेष्ठलाई भारी मतान्तरले पराजित गर्दै केसी विजयी भएका हुन् । कुल ३५६ मत खसेको निर्वाचनमा केसीले २१६ मत प्राप्त गर्दा प्रतिस्पर्धी सबिन श्रेष्ठले १३२ मत पाएका थिए ।
त्यस्तै उपाध्यक्ष पदमा शिवहरी बैरागी (१४६ मत) र पूजना प्रधान (१४४ मत), महासचिव पदमा सुनील कटवाल १९५ मतका साथ विजयी भएका छन् । सचिव पदमा गोपाल ढकाल २१४ मतका साथ विजयी भएको कार्यसमितिमा कोषाध्यक्षमा तेजुला खतिवडा (१४९ मत) र सह–कोषाध्यक्षमा पवन केसी (१६१ मत) विजयी भए ।
कार्यसमितिका १० सदस्यमा दमन रुपाखेती, इन्द्रबहादुर लामा ‘खम्बे’, चन्द्रकला राई ‘लब्ली संगम’, छुल्ठिम गुरुङ, नवीनकुमार श्रेष्ठ, जीवन थापा, सुलेमान इकु, रश्मि भट्ट , चन्द्रकला ‘मोनीका’ दाहाल र श्रीदेव भट्टराई छानिएका छन् । नयाँ कार्यसमिति आगामी तीन बर्षका लागि चयन भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
५५औँ मिनेटमा एन्थनी गोर्डनको गोल: अर्जेन्टिना विरुद्ध इङ्ग्ल्यान्डले लियो १-० को अग्रता
-
इङ्गल्यान्ड - अर्जेन्टिना महाभिडन्त: पहिलो हाफमा गोलरहित बराबरी
-
फिफा विश्वकप सेमिफाइनलः इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबिचको बहुप्रतीक्षित महाभिडन्त सुरु
-
टीकापुर अस्पताल कुटपिट घटना: उपसमितिको निष्कर्ष– व्यक्तिगत मनमुटाब, अनुसन्धान जारी
-
२४ वर्षपछि इङ्गल्यान्ड र अर्जेन्टिना आमनेसामने हुँदै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण