संसद् बैठक
पर्चा देखाएर सदनमा प्रदर्शन गर्न कानुन र नियमावलीअनुसार मिल्दैन : सभामुख
सोमबार, ०४ जेठ २०८३, ११ : २२
सारांश
- सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभा बैठकमा पर्चा देखाएर प्रदर्शन गर्न कानुन र नियमावलीअनुसार नमिल्ने बताएका छन् ।
- श्रम संस्कृति पार्टीका सांसदहरूले आफ्ना अगाडि आएर उठेर पर्चा लिएर प्रदर्शन गरेपछि सभामुख अर्यालले यस्तो बताएका हुन् ।
- सभामुख अर्यालले मर्यादामा बसेर विरोध गर्न सांसदहरूलाई आदेश दिएका छन् ।
काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभा बैठकमा पर्चा देखाएर प्रदर्शन गर्न कानुन र नियमावलीअनुसार नमिल्ने बताएका छन् ।
श्रम संस्कृति पार्टीका सांसदहरूले सोमबार आफ्ना अगाडि आएर पर्चा लिएर प्रदर्शन गरेपछि सभामुख अर्यालले कानुन नियमावलीले सदनमा पर्चा देखाउने व्यवस्था नगरेको प्रस्ट पारे । सभामुख अर्यालले भने, ‘विरोध गर्ने विभिन्न शैली हुन्छन् । मर्यादामा बसेर विरोध गर्न आदेश दिन्छु । अब गर्दा मर्यादामा बसेर विरोध गर्नुहोला ।’
‘प्रधानमन्त्री संसदप्रति जवाफदेही बन्नै पर्छ’ लेखिएको पर्चा श्रम संस्कृति पार्टीका सांसदहरूले सदनमा प्रदर्शन गरेका थिए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण