सोमबार, ०४ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

साउदीमाथिको ड्रोन आक्रमणको कुवेत र कतारद्वारा निन्दा

सोमबार, ०४ जेठ २०८३, १३ : ४६
सोमबार, ०४ जेठ २०८३

सारांश

  • कुवेत र कतारले साउदी अरबमाथि भएको ड्रोन आक्रमणको कडा शब्दमा निन्दा गरेका छन् ।
  • साउदी अधिकारीहरूका अनुसार ती ड्रोनहरू इराकी हवाई क्षेत्रबाट आएको बताइएको छ ।
  • कतारले घटनालाई अस्वीकार्य आक्रमण भन्दै साउदी अरेबियाको सार्वभौमसत्तामाथिको प्रत्यक्ष उल्लङ्घन भएको जनाएको छ ।

कुवेत सिटी । कुवेत र कतारले साउदी अरबमाथि भएको ड्रोन आक्रमणको कडा शब्दमा निन्दा गरेका छन् । 

साउदी अधिकारीहरूका अनुसार ती ड्रोनहरू इराकी हवाई क्षेत्रबाट आएको बताइएको छ । कुवेतले उक्त घटना मार्चमा खाडी क्षेत्रको पूर्वाधार सुरक्षाका लागि पारित संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्को प्रस्ताव २८१७ को उल्लङ्घन भएको जनाएको छ ।

 साथै साउदी अरेबियाले अपनाएका सुरक्षा उपायप्रति आफ्नो समर्थन रहेको पनि दुवैले स्पष्ट पारेका छन् ।

कतारले घटनालाई अस्वीकार्य आक्रमण भन्दै साउदी अरेबियाको सार्वभौमसत्तामाथिको प्रत्यक्ष उल्लङ्घन भएको जनाएको छ । 

दुवै देशले रियादप्रति पूर्ण ऐक्यबद्धता व्यक्त गर्दै साउदी भूभाग र नागरिकको सुरक्षाका लागि आवश्यक कुनै पनि कदमलाई समर्थन गर्ने बताएका छन् । यसअघि साउदी अरेबियाले आफ्नो हवाई प्रतिरक्षा प्रणालीले तीनवटा शत्रुतापूर्ण ड्रोन खसालेको घोषणा गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप