बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

पौराणिक कथामा आधारित नाटक ‘महाभारत’ मञ्चन हुँदै

सोमबार, ०४ जेठ २०८३, १३ : ४९
सोमबार, ०४ जेठ २०८३

 काठमाडौँ । पौराणिक कथामा आधारित नाटक ‘महाभारत’ मञ्चन हुने भएको छ । कान्तिपुर फिल्म एकेडेमीले आफ्नो पाँचौँ प्रस्तुतिको रूपमा यो नाटक मञ्चन गर्न लागेको हो । यहि जेठ १४ गतेदेखि मञ्चन हुने नाटकका निर्देशक  नवीन भट्ट हुन् ।

नाटकमा नेपाली कला क्षेत्रका स्थापित तथा उदयमान कलाकारहरूको अभिनय रहनेछ । नाटकको मुख्य भूमिकामा वरिष्ठ अभिनेता रमेश बुढाथोकी, चर्चित हास्य कलाकार मनोज गजुरेल, सुवर्ण थापा, सन्दीप श्रेष्ठ, प्रतिक चौधरी र सुप्रज्ञा शर्मा देखिनेछन् ।

कुलदीप कुनालको लेखन र प्रकाश दाहालको अनुवाद रहेको यस नाटकको पर्दा पछाडि पनि सशक्त प्राविधिक टोली रहेको छ । नाटकको सहायक निर्देशन किरण चापागाईँले गरेका छन् भने सेट डिजाइन तुफान थापा र लाइट डिजाइन दीपेश गजुरेलको रहेको छ।

अनुप तिमिल्सिनाले नाटकको सङ्गीत संयोजन गरेका छन् भने अनिशा क्षेत्रीले कोरियोग्राफी सम्हालेकी छिन् । रमेश पुरी निर्माता रहेको यस नाटकले पौराणिक ‘महाभारत’को कथालाई आधुनिक रङ्गमञ्चीय शैलीमा प्रस्तुत गर्नेछ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप