नुवाकोटमा नवौँ ‘राष्ट्रिय रनिङ शिल्ड दोहोरी गीत प्रतियोगिता’ आयोजना हुने
सोमबार, ०४ जेठ २०८३, १४ : २३
काठमाडौँ । नवौँ ‘राष्ट्रिय रनिङ शिल्ड दोहोरी गीत प्रतियोगिता २०८३’ जेठ २९, ३० र ३१ गते नुवाकोटमा आयोजना हुने भएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानकी अध्यक्ष रिता थापा मगरको अध्यक्षतामा हालै बसेको प्रतिष्ठानको बैठकले नुवाकाेटकाे विदुर नगरपालिकामा प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको हो ।
हरेक वर्ष नियमित रूपमा आयोजना हुँदै आएको प्रतियोगिताले यस वर्ष पनि निरन्तरता पाउन लागेको हो । लोक तथा दोहोरी क्षेत्रमा नयाँ तथा उदाउँदा कलाकारलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता सञ्चालन गरिँदै आएको प्रतिष्ठानले जनाएको छ ।
गत वर्ष यो प्रतियोगिता चितवनमा आयोजना भएको थियो । प्रतियोगितामा नुवाकोटका स्थानीय स्तरका लोकसंस्कृति प्रवर्द्धनसँगै कलाकारहरूबिच सिर्जनात्मक प्रतिस्पर्धा बढाउने अपेक्षा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भक्तपुरमा विश्वकप फुटबलको फाइनल हेर्ने क्रममा कुटाकुट, एक जनाको मृत्यु
-
बालेनले घोषणा गरेको शिक्षा र स्वास्थ्यको कर फिर्ता गर्ने के छ प्रक्रिया ?
-
ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता
-
नितेश तिवारीको ‘रामायण’मा अनुपम खेरको इन्ट्री
-
शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता
-
बालेनले ३ प्रतिशत कर हटाएसँगै शिक्षामन्त्रीले निजी विद्यालय सञ्चालकलाई छलफलमा बोलाए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण