शनिबार, २० असार २०८३
ताजा लोकप्रिय
राजनीति

एमाले बैठक चार घण्टादेखि गुण्डुमा जारी

सोमबार, ०४ जेठ २०८३, १७ : २६
सोमबार, ०४ जेठ २०८३

सारांश

  • नेकपा एमालेको सचिवालय बैठक चार घण्टादेखि भक्तपुरको गुण्डुमा जारी छ ।
  • बैठकमा समसामयिक राजनीतिक अवस्था, पार्टी सङ्गठन सुदृढीकरण, सरकारको कामकारबाही र आगामी रणनीतिबारे छलफल भइरहेको छ ।
  • बैठकमा नेताहरूको कार्य विभाजन, बरीयता निर्धारण र चुनावी समीक्षा हुने बताइएको छ ।

काठमाडौँ । नेकपा एमाले सचिवालय बैठक चार घण्टादेखि बसिरहेको छ । भक्तपुरको गुण्डुस्थित अध्यक्ष केपी शर्मा ओलीको निवासमा दिउँसो सवा १ बजे सुरु भएको बैठक अहिलेसम्म पनि जारी छ । 

बैठकमा देशको समसामयिक राजनीतिक अवस्था, पार्टी सङ्गठन सुदृढीकरण, जनअपेक्षा अनुरूप सरकारको कामकारबाही तथा आगामी रणनीतिबारे गम्भीर छलफल भइरहेको सचिव महेश बस्नेतले जानकारी दिए । 

‘पार्टीलाई अझ सशक्त, जनमुखी र परिणाममुखी बनाउने दिशामा बैठक केन्द्रित रहेको छ’, बस्नेतले बैठक बसिरहेका बेला सामाजिक सञ्जालमार्फत जानकारी दिए । बैठकमा नेताहरूको कार्य विभाजन, बरीयता  निर्धारण र चुनावी समीक्षा हुने बताइएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप