अदालतको आदेश विपरीत पाटन अस्पतालमा उठाइँदैछ पार्किङ शुल्क (भिडियो)
काठमाडौँ । उच्च अदालत पाटनले उपचारका लागि आउने सेवाग्राहीबाट पार्किङ शुल्क नलिन पाटन अस्पतालको नाममा आदेश जारी गरेको थियो । तर सोमबार दिउँसो रातोपाटीको टिम पाटन अस्पतालमा पुग्दा पार्किङ शुल्क लिइरहेको देखियो ।
पार्किङ स्थलबाट निस्किरहेका सवारी धनीहरूले पटक-पटक पार्किङ शुल्क तिर्नु परेको गुनासो गरे । कतिपय अवस्थामा सेवाग्राही आफैं पनि अनभिज्ञ देखिए ।
यस विषयमा अस्पताल प्रशासनलाई सोध्दा अदालतको आदेश पालना भइरहेको जवाफ आयो । अस्पतालकी कार्यवाहक प्रशासनिक प्रमुख डा. समिता पन्तले बिरामीका कुरुवाका लागि विशेष नियम रहेको बताइन् । ओपीडीका बिरामी र कुरुवाहरूले टिकट देखाउनुपर्ने र भर्ना भएका बिरामीका कुरुवाहरूले अस्पतालले दिएको पास देखाएमा पार्किङ शुल्क नलाग्ने उनी बताउँछिन् । तर बिरामीको उपचारसँग प्रत्यक्ष सम्बन्ध नभएका बाहिरी आगन्तुकहरूका लागि भने पार्किङ शुल्क लाग्ने उनले बताइन् ।
विस्तृत भिडियोमा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
देउवा समूहको कार्यक्रममा डा. शेखर कोइराला जाने
-
बारामा कांग्रेसका दुई समूहबिच झडप, केही कार्यकर्ता घाइते
-
बारामा कांग्रेसका दुई समूहबिच झडप
-
सबै व्यक्तिमाथि कानुन समान रूपमा लाग्नुपर्छ, विभेदकारी छानबिन मानिँदैन : नेता दाहाल
-
समाजमा बढ्दो निराशा चिर्न सरकार र प्रतिपक्ष मिलेर अघि बढ्नुको विकल्प छैन : उपसभापति शर्मा
-
बागमती सरकारबाट बाहिरिँदै एमाले, राजीनामा दिने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण