मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

देउवा समूहको कार्यक्रममा डा. शेखर कोइराला जाने

मङ्गलबार, ०५ साउन २०८३, १६ : ४७
मङ्गलबार, ०५ साउन २०८३

सारांश

  • नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले वीपी स्मृति दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा नेता डा. शेखर कोइराला सहभागी हुने भएका छन्।
  • देउवा समूहले बुधबार दिउँसो १ बजे प्रज्ञा प्रतिष्ठानमा 'संवाद, सहमति र एकता- जको आवश्यकता' विषयक स्मृति सभा आयोजना गरेको छ।
  • नेता डा. कोइरालाको स्वकीय सचिव दिनेशचन्द्र थपलियाले उहाँ कार्यक्रममा उपस्थित हुने जानकारी दिएका छन्।

काठमाडौँ । वीपी स्मृति दिवसको अवसर पारेर बुधबार नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले गरेको कार्यक्रममा नेता डा. शेखर कोइराला पनि सहभागी हुने भएका छन्।

देउवा समूहले वीपी स्मृति दिवसको अवसर पारेर बुधबार दिउँसो १ बजे प्रज्ञा प्रतिष्ठानमा ‘संवाद, सहमति र एकता– जको आवश्यकता’ विषयक स्मृति सभा आयोजना गरेको छ।

त्यो कार्यक्रममा नेता डा. कोइराला उपस्थित हुने स्वकीय सचिव दिनेशचन्द्र थपलियाले जानकारी दिए । ‘प्रज्ञा प्रतिष्ठानमा आयोजना गरिएको कार्यक्रममा डाक्टरसाप उपस्थित हुनुहुन्छ,’ थपलियाले रातोपाटीसँग भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप