शनिबार, २० असार २०८३
ताजा लोकप्रिय
विद्या भण्डारीकाे प्रतिक्रिया

एमालेको निर्णयबाट विद्या भण्डारी उत्साहित, यस्तो छ प्रतिक्रिया

सोमबार, ०४ जेठ २०८३, २३ : १७
सोमबार, ०४ जेठ २०८३

सारांश

  • नेकपा (एमाले) को सचिवालय बैठकले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण गर्ने निर्णय गरेपछि उनी उत्साहित भएकी छन् ।
  • भण्डारीका स्वकीय सचिव राजकुमार राईले एमालेको निर्णयलाई 'माग अनुसारको र सकारात्मक' कदम भनेका छन् ।
  • एमालेको यो निर्णयले भण्डारीलाई पुनः सक्रिय राजनीतिमा फर्काउने सम्भावना बढेको छ ।

काठमाडौँ । नेकपा (एमाले) को सचिवालय बैठकले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण गर्ने निर्णय गरेसँगै उनी उत्साहित देखिएकी छन् ।

पूर्व राष्ट्रपतिको सचिवालयले एमालेको निर्णयलाई ‘माग अनुसारको र सकारात्मक’ कदमका रूपमा चित्रण गर्दै भण्डारी उत्साहित रहेको जनाएको छ । एमालेको यो निर्णयले आगामी दिनमा पार्टी र देशका लागि राम्रो परिणाम दिने भण्डारीका स्वकीय सचिव राजकुमार राईले सोमबार राति रातोपाटीलाई प्रतिक्रिया दिएका छन् ।

राईका अनुसार, एमालेले विगतमा आवश्यकता महसुस गरेरै भण्डारीलाई पार्टीको उपाध्यक्ष र पछि दुई कार्यकालका लागि मुलुकको राष्ट्रपति बनाएको थियो ।

‘एमालेले चाहेरै पार्टी उपाध्यक्ष, राष्ट्रपति बनाएको हो । आवश्यकता र एमाले पंक्तीले चाहे उहाँ सक्रिय राजनीति र आवश्यक नेतृत्वका लागि तयार हुनुहुन्छ, हुनै पर्छ,’ राईले भने, ‘राजनीति, जलवायु परिवर्तन, महिला, बालबालिका, समाजसेवा लगायत अनेक क्षेत्रमा उहाँको योगदान र सक्रियता छ । उहाँले आवश्यकताको सम्बोधन गर्नु हुनेछ । अप्ठ्यारो पर्दा, संकट पर्दा उहाँको योगदान फलदायी हुन्छ होला ।’

सोमबारको एमाले सचिवालय बैठकले भण्डारीको सदस्यता नवीकरण गर्ने निर्णय गरेसँगै उनी पुनः सक्रिय राजनीतिमा फर्कन सक्ने विषयले राजनीतिक वृत्तमा तरङ्ग पैदा गरेको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप