स्यान डिएगो मस्जिदमा गोलीकाण्ड, दुई आक्रमणकारीसहित पाँच जनाको मृत्यु
काठमाडौँ । अमेरिकाको स्यान डिएगोस्थित क्लेरमन्टमा रहेको इस्लामिक सेन्टरमा भएको एक घातक गोलीकाण्डमा दुई सन्दिग्ध आक्रमणकारीसहित पाँच जनाको मृत्यु भएको छ । अधिकारीहरूका अनुसार, यो घटनालाई घृणा अपराधको रूपमा अनुसन्धान अगाडि बढाइएको छ ।
स्यान डिएगोका प्रहरी प्रमुख स्कट वाहलले दिएको जानकारी अनुसार, स्थानीय समय अनुसार बिहान ११ः४३ बजे प्रहरीलाई घटनास्थलमा बोलाइएको थियो । प्रहरी टोली घटनास्थलमा पुग्दा मस्जिद बाहिर तीन जनाको शव देखिएको थियो । घटनामा संलग्न १७ र १९ वर्षका दुई संदिग्धलाई नजिकैको एउटा गाडीमा मृत अवस्थामा फेला पारिएको थियो । उनीहरूले आफैँलाई गोली हानेर आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुमान छ । मारिने अन्य तीन जनामध्ये एक जना सोही केन्द्रमा कार्यरत सुरक्षा गार्ड रहेको पनि प्रहरी प्रमुख वाहलले पुष्टि गरेका छन् ।
एक प्रत्यक्षदर्शीले बीबीसीको अमेरिकी साझेदार सीबीएस न्यूजलाई बताएअनुसार, उनले ‘सेमी–अटोमेटिक हतियार’ बाट चलेको जस्तो करिब ३० पटक गोलीको आवाज सुनेका थिए । घटना लगत्तै प्रहरीले आसपासको क्षेत्रलाई नियन्त्रणमा लिई नजिकैका विद्यालयहरू बन्द गराएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण