शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

जेनजी आन्दोलनमा कास्की कारागारबाट फरार कैदी बागलुङमा मोबाइल चोरी गर्दा पुनः पक्राउ

मङ्गलबार, ०५ जेठ २०८३, ०७ : ४५
मङ्गलबार, ०५ जेठ २०८३

सारांश

  • कास्की कारागारबाट फरार भएका सुरेश बोहोरा बागलुङमा मोबाइल चोरी गर्दा पुनः पक्राउ परेका छन्।
  • बोहोरालाई नकबजनी चोरी मुद्दामा तीन वर्ष एक महिना कैद र ३० हजार रुपैयाँ जरिवानाको फैसला भएको थियो।
  • फरार रहेका बोहोराले शिवधाराचोकस्थित एक पसलबाट मोबाइल चोरी गरेको कसूरमा प्रहरीले पक्राउ गरेको हो।

बागलुङ । कास्की कारागारबाट फरार भएका एक कैदी बागलुङमा मोबाइल चोरी गरेको अभियोगमा पुनः पक्राउ परेका छन्। 

पक्राउ पर्नेमा बागलुङ जिल्ला बागलुङ नगरपालिका वडा नम्बर ७ बस्ने ३४ वर्षका मिठु किसान भन्ने सुरेश बोहोरा रहेका छन्। उनी जेनजी आन्दोलनको क्रममा कास्की कारागारबाट भागेका थिए।

बोहोरालाई बागलुङ जिल्ला अदालतको २०८० साल जेठ २ गतेको आदेशले नकबजनी चोरी मुद्दामा तीन वर्ष एक महिना कैद र ३० हजार रुपैयाँ जरिवाना हुने गरी फैसला सुनाएको थियो। सोही फैसला बमोजिम कारागार कार्यालय कास्कीमा थुनामा रहेका उनी आन्दोलनको मौका छोपेर कारागारबाट भागेका थिए।

जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक याम नारायण अर्यालका अनुसार फरार रहेका बोहोराले मिति गत जेठ १ गते दिउँसोको समयमा बागलुङ नगरपालिका वडा नम्बर २ शिवधाराचोकस्थित खड्क बहादुर खत्रीको पसलबाटको मोबाइल चोरी गरेर भागेका थिए। मोबाइल चोरी गरेर भागेको सोही कसूरमा प्रहरीले उनलाई पुनः पक्राउ गर्न सफल भएको हो। 

पक्राउ परेका बोहोरामाथि चोरी कसूरमा बागलुङ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई अहिले थप अनुसन्धान कार्य भइरहेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप