मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि टास्क फोर्स गठन
सारांश
- मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि मन्त्री गीता चौधरीको पहलमा १५ सदस्यीय प्राविधिक समिति (टास्क फोर्स) गठन गरिएको छ ।
- टास्क फोर्सले वन्यजन्तुबाट हुने क्षतिको अध्ययन, नीति तथा कानुन संशोधनका लागि सिफारिस गर्नेछ ।
- यसले २० वटा वडामा नमुना परियोजना छनोट गरी कार्यान्वयन, प्राविधिक सहयोग र अनुगमन गर्नेछ ।
काठमाडौँ । मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि प्राविधिक समिति (टास्क फोर्स) गठन गरिएको छ । कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीको पहलमा वन्यजन्तुबाट हुने क्षति नियन्त्रण, नीति तथा कार्यक्रम सुधार र स्थानीय तहमा प्रभावकारी कार्यान्वयनका लागि प्राविधिक समिति (टास्क फोर्स) गठन भएको हो ।
मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन विशेषज्ञको संयोजकत्वमा १५ सदस्यीय टास्क फोर्स गठन गरिएको हो । टास्क फोर्सले वन्यजन्तुबाट हुने क्षतिको अध्ययन, वर्तमान अवस्थाको समीक्षा तथा आवश्यक नीति र कानुन संशोधनका लागि सिफारिस गर्नेछ । त्यस्तै, सूचकका आधारमा २० वटा वडामा नमुना परियोजना छनोट गरी कार्यान्वयन, प्राविधिक सहयोग तथा अनुगमन गर्ने जिम्मेवारी पनि टास्क फोर्सलाई दिइएको छ ।
संघ, प्रदेश र स्थानीय तहसँग समन्वय गर्दै कार्यक्रम कार्यान्वयन गरिने तथा क्षतिग्रस्त बालीको राहत प्रणालीलाई सरल, प्रभावकारी र समयसापेक्ष बनाउन सुझाव दिने व्यवस्था पनि गरिएको छ ।
मन्त्री चौधरीले मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनमा आफू गम्भीर रहेको बताउँदै टास्क फोर्सले दिएको सुझावका आधारमा कार्य गर्न प्रतिबद्ध रहेको बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
-
बागमतीका ३ जना विना विभागीय मन्त्रीको जिम्मेवारी तोकियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण