पोखराको न्यूरोड क्षेत्रमा सडकपेटी अतिक्रमण हटाउन सुरु, अटेर गर्ने सवारी साधनलाई कारबाही
सारांश
- पोखरा महानगरपालिकाले न्यूरोड क्षेत्रमा पैदलयात्रीको सहजताका लागि सडकपेटीमा हुने अनधिकृत पार्किङ हटाउने अभियान सुरु गरेको छ ।
- नगर प्रहरी निरीक्षक पुरुषोत्तम थापाका अनुसार फुटपाथमा सवारी साधन पार्किङ गर्दा आवागमनमा अवरोध पुग्ने र दुर्घटनाको जोखिम बढेकाले यो कदम चालिएको हो ।
- सूचनाको अवज्ञा गरी फुटपाथमा पार्किङ गरिएका सवारी साधनमाथि कारबाही सुरु गरिएको छ, जसमा सोमवार ८ मोटरसाइकल नियन्त्रणमा लिइएका छन् ।
पोखरा । पोखरा महानगरपालिकाले न्यूरोड क्षेत्रका फुटपाथ (सडकपेटी)मा हुने अनधिकृत पार्किङ हटाउने अभियानलाई तीव्रता दिएको छ । महानगरको वडा नम्बर ८ र ९ अन्तर्गत पर्ने न्यूरोड क्षेत्रमा पैदलयात्रीको सहजताका लागि सडकपेटी खाली गराउन थालिएको हो ।
नगर प्रहरी निरीक्षक पुरुषोत्तम थापाकाअनुसार फुटपाथ पैदलयात्रीका लागि मात्र भएकाले त्यहाँ सवारी साधन पार्किङ गर्दा आवागमनमा अवरोध पुग्ने र दुर्घटनाको जोखिम बढ्ने हुँदा यो कदम चालिएको हो । उनले महानगरपालिकाले तोकेका निश्चित स्थानहरूमा मात्र पार्किङ गर्न र अन्य क्षेत्रमा सवारी धनी स्वयंले व्यवस्थापन गर्नुपर्ने स्पष्ट पारे ।
महानगरले यो अभियान सुरु गर्नुअघि गत शुक्रवारदेखि आइतवारसम्म तीन दिन लगातार माइकिङ गरी नगरवासीलाई यसबारे जानकारी गराएको थियो । सूचनाको अवज्ञा गर्ने सवारी साधनमाथि आजदेखि कारबाही सुरु गरिएको छ । सोमवार मात्रै फुटपाथमा पार्किङ गरिएका ८ वटा मोटरसाइकल नियन्त्रणमा लिइएको नगर प्रहरीले जनाएको छ ।
नगर प्रहरी निरीक्षक थापाले मङ्गलवारदेखि थप कडाइ गरिने बताए । अबका दिनमा फुटपाथमा पार्किङ गरिएको पाइएमा सवारी धनीलाई तत्काल सवारी साधन नबुझाइने र ती साधन नियन्त्रणमा लिएर जिल्ला ट्राफिक प्रहरी कार्यालय पठाई नियमानुसार कडा कारबाही गरिने उनको भनाइ छ । महानगरले सडकपेटी खाली गराई सडकमा हुने चाप र सम्भावित दुर्घटना न्यूनीकरणमा सहयोग पुर्याउन सम्पूर्ण सवारी धनी तथा नगरवासीलाई आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
-
सञ्चय कोषद्वारा एक अर्ब ६९ करोड प्रवाह
-
सार्वजनिक बिदाका दिनमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण