बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अर्थ समितिले आगामी आर्थिक वर्षको बजेटका सन्दर्भमा विज्ञहरूसँग छलफल गर्ने

मङ्गलबार, ०५ जेठ २०८३, १२ : ४६
मङ्गलबार, ०५ जेठ २०८३

सारांश

  • प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले आगामी आर्थिक वर्षको बजेटका सन्दर्भमा विज्ञहरूसँग छलफल गर्ने निर्णय गरेको छ ।
  • समितिले बजेट तर्जुमाका सन्दर्भमा सरकारलाई सुझाव तथा निर्देशन दिने उद्देश्यले विज्ञहरूसँग छलफल गर्ने निर्णय गरेको हो ।
  • समितिले उपसमितिहरूलाई पनि बजेट तर्जुमाका सन्दर्भमा आफ्नो कार्यक्षेत्रसँग सम्बन्धित रहेर थप सुझाव पेस गर्न निर्देशन दिएको छ ।

काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले आगामी आर्थिक वर्षको बजेटका सन्दर्भमा विज्ञहरूसँग छलफल गर्ने निर्णय गरेको छ । 

सिंहदरबारमा मंगलबार बसेको समिति बैठकले आर्थिक वर्षको बजेट तर्जुमाका सन्दर्भमा सरकारलाई सुझाव तथा निर्देशन दिने सन्दर्भमा विज्ञहरूसँग छलफल गर्ने निर्णय भएको समिति सभापति डा. कृष्ण हरि बुढाथोकीले जानकारी दिए ।

बैठकमा समिति सदस्यहरूले आगामी बजेट तर्जुमा सन्दर्भमा धारणा राखेका थिए । सदस्यहरूले उठाएका विषयमा विज्ञहरूसँग छलफल गरी सरकारलाई आवश्यक सुझाव तथा निर्देशन दिइने सभापति बुढाथोकीले बताए । 

त्यस्तै समिति अन्तर्गतका उपसमितिहरूलाई पनि बजेट तर्जुमाका सन्दर्भमा आफ्नो कार्यक्षेत्रसँग सम्बन्धित रहेर थप सुझाव पेस गर्न निर्देशन दिइएको उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप