मूल्यवृद्धि नियन्त्रण सरकारको क्षमताको परीक्षण हो, पास हुने कि फेल सरकारकै हातमा : सरस्वती लामा
सारांश
- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद सरस्वती लामाले बजारमा व्याप्त कालोबजारी, कृत्रिम अभाव र अस्वाभाविक मूल्यवृद्धि नियन्त्रणका लागि तत्काल कदम चाल्दै बजार हस्तक्षेप गर्न सरकारलाई सुझाव दिएकी छन् ।
- सांसद लामाले पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासमा लगाइँदै आएको करको दरमा पुनरावलोकन गर्न सरकारसँग माग गरेकी छन् ।
- उनले मूल्य नियन्त्रण गर्ने विषय सरकारको संवेदनशीलता, उत्तरदायित्व र शासन क्षमताको मुख्य परीक्षण भएको धारणा राखिन् ।
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद सरस्वती लामाले बजारमा व्याप्त कालोबजारी, कृत्रिम अभाव र अस्वाभाविक मूल्यवृद्धि नियन्त्रणका लागि तत्काल कदम चाल्दै बजार हस्तक्षेप गर्न सरकारलाई सुझाव दिएकी छन् ।
मंगलबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद लामाले चर्को मूल्यवृद्धिका कारण आम जनताको दैनिक जीवन निकै कष्टकर बन्दै गएको भन्दै यस्तो माग गरेकी हुन् ।
उनले सरकार मूकदर्शक बनेर बस्न नहुने भन्दै तत्काल बजारमा हस्तक्षेप गरी मूल्यवृद्धिलाई नियन्त्रणमा लिन सरकारलाई सचेत गराइन् । सांसद लामाले पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासमा लगाइँदै आएको करको दरमा पुनरावलोकन गर्न सरकारसँग माग गरेकी छन् ।
जनतालाई प्रत्यक्ष रूपमा राहत दिनका लागि मौजुदा संरचना र कर प्रणालीमा व्यापक सुधार गर्नुपर्ने उनको भनाइ छ । मूल्य नियन्त्रण गर्ने विषय जनताको क्रयशक्ति बढाउने नीतिगत हस्तक्षेपको विषय भएको भन्दै उनले यो सरकारको संवेदनशीलता, उत्तरदायित्व र शासन क्षमताको मुख्य परीक्षण समेत भएको धारणा राखिन् । यो महत्त्वपूर्ण परीक्षणमा वर्तमान सरकार पास हुने हो वा फेल हुने हो भन्ने कुरा स्वयं सरकारकै कार्यशैली र हातमा रहेको उनले स्पष्ट पारिन् ।
सदनमा बोल्दै सांसद लामाले देशमा दुई तिहाइको शक्तिशाली सरकार हुँदा पनि सर्वसाधारणको न्यूनतम पीडा र आधारभूत समस्याहरू सम्बोधन हुन नसक्नु अत्यन्त दुःखद र विडम्बनापूर्ण भएको टिप्पणी गरिन् । शक्तिशाली सरकारले जनसरोकारका विषयमा देखाएको उदासीनताले जनतामा निराशा बढाएको भन्दै उनले उपभोक्ता हितका लागि तत्काल बजार अनुगमन र नियन्त्रणको कामलाई प्रभावकारी बनाउन सरकारको गम्भीर ध्यानाकर्षण गराएकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्जेन्टिना र इजिप्टबिचको खेल सुरु, मेस्सीले गर्न सक्लान् गोल ?
-
राज्यविरूद्ध कसुर गर्ने टोपबहादुर रायमाझीलाई कति वर्ष जेल सजाय होला?
-
अमेरिकालाई बेल्जियमको जवाफ : अब यसलाई उल्ट्याऊ !
-
भारतीय प्रधानमन्त्री मोदीलाई इन्डोनेसियाको सर्वोच्च नागरिक सम्मान
-
फरार ८ प्रतिवादीको मुद्दा 'मुलतबी' मा, पक्राउ परेका बखत पुनः ब्युँतिने
-
भुटानी शरणार्थी प्रकरणः कसुरदार ठहरिएकाहरूको सजाय निर्धारण असार २९ गते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण