सोरिस्मा बनिन् ‘मिनी डान्सिङ स्टार’
काठमाडौं । बालबालिकाको प्रतिभा निखार्ने कार्यक्रम ‘डि एस ए स्टार २०२६’ घोषणा भएको छ । परिवर्तन इभेन्ट हाउस प्रालिले सोमबार राष्ट्रिय नाचघर जमलमा एक कार्यक्रम गर्दै प्रतियोगिताको बिभिन्न बिजेता घोषणा गरेको हो ।
जसमा ‘मिनी डान्सिङ स्टार’ तर्फ सोरिस्मा न्यौपाने विजेता बन्दा दियाना सापकोटा ‘फस्ट रनरअप’, दिरान्सा केसी ‘सेकेण्ड रनरअप’, दिराया केसी ‘थर्ड रनरअप’, नितिशा भण्डारी ‘फोर्थ रनरअप’, सियोना श्रेष्ठ ‘फिफ्थ रनरअप’ र कायरा श्रेष्ठ ‘सिक्स्थ रनरअप’ भए ।
‘जुनियर डान्सिङ स्टार’ तर्फ रोशिका श्रेष्ठले शीर्ष उपाधि जित्दा दिर्शना पौडेल ‘फस्ट रनरअप’, सिल्भिया भुषाल ‘सेकेण्ड रनरअप’, बिहानी पौडेल ‘थर्ड रनरअप’, एलिसा थापा ‘फोर्थ रनरअप’, विदुषी पराजुली ‘फिफ्थ रनरअप’, युबिन भण्डारी ‘सिक्स्थ रनरअप’ र आरोही थापा ‘सेभेन्थ रनरअप’ बने ।
त्यस्तै ‘प्री–टिन डान्सिङ स्टार’तर्फ आश्रिया श्रेष्ठ विजेता बन्दा साम्तेन डोल्मा लामा ‘फस्ट रनरअप’, दिलाशा दुरा ‘सेकेण्ड रनरअप’, युनिका खत्री ‘थर्ड रनरअप’, प्रदिया थोकर तामाङ ‘फोर्थ रनरअप’, समिका भट्टराई ‘फिफ्थ रनरअप’, आयुषा अधिकारी ‘सिक्स्थ रनरअप’ र प्रिन्सु शेर्पा ‘सेभेन्थ
‘सिङ्गिङ स्टार’ तर्फ स्वरुप आचार्यले शीर्ष उपाधि चुम्दा मिरक लिम्बु ‘फस्ट रनरअप’, प्रनिता श्रेष्ठ ‘सेकेण्ड रनरअप’, युजन भण्डारी ‘थर्ड रनरअप’, श्रेयस गुरागाई ‘फोर्थ रनरअप’ भए ।
यस्तै ‘डीएसए एक्टिङ स्टार’तर्फ विद्यार्थ भुर्तेल विजेता बन्दा मेरिसा लामा ‘फस्ट रनरअप’, दीपशिखा खनाल ‘सेकेण्ड रनरअप’, अभियान अखेली ‘थर्ड रनरअप’, अनुसिआ थपलिया ‘फोर्थ रनरअप’, सम्भव पौडेल ‘फिफ्थ रनरअप’ र विधियान सिंह ‘सिक्स्थ रनरअप’ घोषित भए ।
एक सय २ जना बालबालिका सहभागी कानर्यक्रममा उनीहरुलाई एक महिनाको प्रशिक्षण सहित प्रतियोगीतामा उतारिएको थियो ।
वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यता तथा साहित्यकार युवराज अधिकारीको विशेष आतिथ्यतामा भएको प्रतियोगिताको निर्णायकमा सञ्चारकर्मी तथा कोरियोग्राफर जयन सुब्बा मानन्धर, कलाकार अशोक धिताल र फिल्म लेखक एवम् निर्देशक गिरिराज घिमिरे रहेका थिए । कार्यक्रममा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाईकला क्षेत्र प्रतिको योगदानको कदर गर्दै सम्मान गरिएको थियो । त्यस्तै वरिष्ठ गायिका देविका वन्दनालाई ‘राष्ट्रिय श्रष्टा सम्मान २०८३’ बाट सम्मान गरिएको थियो ।
बालबालिकाका प्रतिभाहरुलाई बाहिर ल्याउन सहज वातावरण बनाउँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिष्पर्धाको ढोका खोल्न प्रतियोगिता आयोजना गरिएको आयोजक परिवर्तन इभेन्ट हाउसकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) सोनिया जी आरले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्विट्जरल्याण्ड र बोस्नियाबिच कडा प्रतिस्पर्धा, पहिलो हाफमा भएन गोल
-
नेपालगन्जबाट दुई चिकित्सकसहित पाँच पक्राउ
-
हलगोरु पाल्ने ३९ किसानलाई प्रोत्साहन रकम वितरण
-
खामेनीद्वारा सम्झौता स्वीकृतः ‘फरक मत भए पनि राष्ट्रपतिको आश्वासनपछि अनुमति दिएँ’
-
अघिल्लो चरण प्रवेशका लागि स्विट्जरल्याण्ड र बोस्निया भिड्दै, दुवैलाई जितको खोजी
-
१२ बजे १२ समाचार: प्रतिनिधि सभाबाट विनियोजन विधेयक पारित, फेरिँदै विद्यालय पाठ्यक्रम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण