प्रस्तावित प्रधान न्यायाधीश शर्माविरूद्ध ओझाको उजुरी, यस्ता छन् आरोप (पूर्णपाठ)
सारांश
- प्रस्तावित प्रधान न्यायाधीश डा. मनोज कुमार शर्माको संसदीय सुनुवाइ प्रक्रियामाथि प्रश्न उठाउँदै उजुरी परेको छ ।
- उजुरीमा डा. शर्माको संवैधानिक योग्यता, न्यायिक निष्पक्षता र नैतिक आचरणमाथि प्रश्न उठाइएको छ ।
- पूर्वप्रधान न्यायाधीश राणासँगको सामीप्यता, बेन्च फिक्सिङ र विवादास्पद फैसला उजुरीका मुख्य आधार हुन् ।
काठमाडौँ । प्रस्तावित प्रधान न्यायाधीश डा. मनोज कुमार शर्माको संसदीय सुनुवाइ प्रक्रिया अघि बढिरहेका बेला उनको अस्वीकृत गर्न माग गर्दै संसदीय सुनुवाइ समितिमा उजुरी परेको छ ।
काठमाडौँ निवासी जस्मिन ओझाले दर्ता गराको उक्त उजुरीमा डा. शर्माको संवैधानिक योग्यता, न्यायिक निष्पक्षता र नैतिक आचरणमाथि प्रश्न उठाइएको छ ।
उजुरीकर्ता ओझाले डा. शर्माको सर्वोच्च अदालतको न्यायाधीशका रूपमा भएको प्रारम्भिक नियुक्ति नै विवादास्पद रहेको दाबी गर्दै उनमा बदनियतपूर्ण’ उद्देश्य देखिएको आरोप लगाएका छन्।
संविधानले तोकेको योग्यता नै पूरा नगरी उच्च पद प्राप्त गर्ने आकांक्षा राख्ने व्यक्तिले न्यायपालिकाको विश्वसनीयता र विधिको शासनमा गम्भीर खतरा उत्पन्न गर्ने उजुरीमा उल्लेख छ ।
विशेषगरी पूर्वप्रधान न्यायाधीश चोलेन्द्र शमशेर राणासँगको सामीप्यता, ’बेन्च फिक्सिङ’ का आरोप र न्यायिक निष्पक्षतामा आँच पुग्ने गरी गरिएका फैसलाहरूलाई उजुरीको मुख्य आधार बनाइएको छ ।
त्यसैगरी, भ्रष्टाचारमा दोषी ठहर भइसकेका व्यक्तिलाई पुनः सार्वजनिक पदमा फर्काउने आदेश दिएर डा. शर्माले संवैधानिक नैतिकता र जनविश्वासमाथि प्रहार गरेको दाबी ओझाले गरेकी छन् । उजुरीमा प्रधानन्यायाधीश सिफारिस गर्ने न्याय परिषद्को बैठकको वैधानिकतामाथि समेत प्रश्न उठाइएको छ ।
उजुरीको पूर्णपाठ



खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘स्वस्थ शरीर, स्वस्थ सृजना’ नारासहित मकवानपुरमा ‘आरोग्य साहित्यिक यात्रा’ हुँदै
-
मौलापुरमा प्रमुख प्रशासकीय अधिकृत नपठाएको भन्दै प्रधानमन्त्री बालेनको पुतला दहन
-
प्रधानमन्त्रीसँग निर्माण व्यवसायीको गुनासो : म्याद थप, भुक्तानी र ठेक्का व्यवस्थापन चुनौती
-
विश्वकप क्वार्टरफाइनल अघि फ्रान्स र मोरक्को दुवै मारमा
-
स्ट्रेट अफ होर्मुजमा जहाज आवागमन ठप्प
-
प्रतिनिधि सभाकाे शून्य समयमा कसले के भने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण