प्रस्तावित प्रधान न्यायाधीशको संवैधानिक योग्यता सम्बन्धमा समितिमा उजुरी (उजुरीसहित)
सारांश
- प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज कुमार शर्माको संवैधानिक योग्यतामा प्रश्न उठाउँदै समितिमा उजुरी परेको छ ।
- उजुरीकर्ता भेषराज लुइँटेलले डा. शर्मा सर्वोच्च अदालतको न्यायाधीश नियुक्तिका लागि आवश्यक न्यूनतम योग्यता पूरा नगरेको दाबी गरेका छन् ।
- डा. शर्माले उच्च अदालतको न्यायाधीशका रूपमा ५ वर्ष काम नगरेको र कानुन व्यवसायमा १५ वर्षको निरन्तरता नभएको उजुरीमा उल्लेख छ ।
काठमाडौँ । संसदीय सुनुवाइ समितिमा प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज कुमार शर्माको सुनुवाइ प्रक्रिया जारी रहँदा उनको उक्त पदका लागि आवश्यक न्यूनतम संवैधानिक योग्यतामै प्रश्न उठाउँदै उजुरी परेको छ ।
पाल्पाका भेषराज लुइँटेलले समितिमा निवेदन दिँदै डा. शर्मा सर्वोच्च अदालतको न्यायाधीश नियुक्त हुँदा नै आवश्यक मापदण्ड पूरा नभएको दाबी गरेका हुन् ।
उजुरीमा नेपालको संविधान बमोजिम सर्वोच्च अदालतको न्यायाधीश हुन उच्च अदालतको न्यायाधीशका रूपमा ५ वर्ष काम गरेको वा कम्तीमा १५ वर्ष निरन्तर कानुन व्यवसाय गरेको हुनुपर्ने अनिवार्य व्यवस्था रहेको उल्लेख छ । तर, डा. शर्मा २०७० सालमा उच्च अदालतको अस्थायी न्यायाधीश नियुक्त भई २०७२ मा पदमुक्त भएको र सो अवधि ५ वर्ष नपुगेको जिकिर गरिएको छ ।
त्यस्तै, २०५९ देखि २०६१ सम्म भारतमा अध्ययनरत रहेको र बीचमा न्याय सेवामा प्रवेश गरेका कारण उनको कानुन व्यवसायमा पनि १५ वर्षको ’निरन्तरता’ नरहेको दाबी उजुरीकर्ताको छ ।
संवैधानिक योग्यता नै नपुगेको व्यक्ति सर्वोच्चको न्यायाधीश हुँदै प्रधानन्यायाधीशको रोलक्रममा आउनु संविधानको मर्म र भावना विपरीत भएको भन्दै लुइँटेलले डा. शर्माको नियुक्ति सम्बन्धी सम्पूर्ण अभिलेख झिकाई छानबिन गर्न समितिसमक्ष माग गरेका छन्।
मङ्गलबार समितिको बैठकमा डा. शर्मा स्वयं उपस्थित छन्।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘स्वस्थ शरीर, स्वस्थ सृजना’ नारासहित मकवानपुरमा ‘आरोग्य साहित्यिक यात्रा’ हुँदै
-
मौलापुरमा प्रमुख प्रशासकीय अधिकृत नपठाएको भन्दै प्रधानमन्त्री बालेनको पुतला दहन
-
प्रधानमन्त्रीसँग निर्माण व्यवसायीको गुनासो : म्याद थप, भुक्तानी र ठेक्का व्यवस्थापन चुनौती
-
विश्वकप क्वार्टरफाइनल अघि फ्रान्स र मोरक्को दुवै मारमा
-
स्ट्रेट अफ होर्मुजमा जहाज आवागमन ठप्प
-
प्रतिनिधि सभाकाे शून्य समयमा कसले के भने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण