सकियो प्रि–बजेट छलफल, ७१ सांसदले दिए सुझाव
सारांश
- आर्थिक वर्ष २०८३/८४ को विनियोजन विधेयकको सिद्धान्त तथा प्राथमिकतामाथिको छलफल सकिएको छ।
- छलफलमा कुल ७१ जना सांसदले सुझाव दिएका थिए।
- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सांसदहरूले उठाएका सवालमा जवाफ दिएका छन्।
काठमाडौँ । आर्थिक वर्ष २०८३/८४ को विनियोजन विधेयकको सिद्धान्त तथा प्राथमिकतामाथिको छलफल सकिएको छ । सांसदहरूले उठाएका सवालमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जवाफ दिएसँगै छलफल सकिएको हो।
सोमबारदेखि सुरु भएको छलफल मङ्गलबार सकिएको थियो । यो क्रममा पहिलो दिन ४० सांसदले बोलेका थिए । दोस्रो दिन भने ३१ जनाले आफ्नो धारणा राखेका थिए। नाम टिपाएका सांसदहरूको धारणासँगै अर्थमन्त्री वाग्लेले जवाफ दिएका थिए।
जवाफसँगै सभामुख डीपी अर्यालले सदनमा उठेका सवालको विवरण प्रतिवेदन बनाएर प्रधानमन्त्री कार्यालय, अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगलाई पठाउने जानकारी दिए।
उनले बजेटले लिएका सिद्धान्तमा उल्लेखित मध्यम वर्गको विस्तार लगायतले गरिब र सीमान्तकृत वर्गलाई माथि उठाउने नै लक्ष्य राखेको बताए।
उनले सरकार असीमित उत्तराधिकारी संस्था भएकोले नेपालले राखेका दीगो विकास लक्ष्य, १६ औँ योजना तथा यसअघिका दायित्वलाई सरकारले बोक्ने बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण