शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

अर्थमन्त्रीको आग्रह : बजेटको प्राथमिकतालाई इमानदार प्रयत्नका रूपमा ग्रहण गरियोस्

मङ्गलबार, ०५ जेठ २०८३, १७ : १६
मङ्गलबार, ०५ जेठ २०८३

सारांश

  • अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले ल्याएको विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतालाई जनतासँग निर्वाचनका बेला गरिएको प्रतिबद्धता कार्यान्वयनका लागि गरिएको इमानदार प्रयासको रूपमा बुझिदिन सांसदहरूलाई आग्रह गरेका छन् ।
  • उनले यो विधेयक केवल सरकारको एकपक्षीय दृष्टिकोण मात्रै नभएर देशको संविधान, आवधिक योजना, दिगो विकासको लक्ष्य, विभिन्न राजनीतिक दलका घोषणा पत्र तथा नेपाली जनताले निर्वाचन मार्फत व्यक्त गरेका साझा आकाङ्क्षाहरूको प्रतिविम्ब भएको बताए ।
  • अर्थमन्त्री वाग्लेले दलीय एजेन्डा र राजनीतिक खिचातानीमा मात्रै अल्झिनुभन्दा देशलाई आर्थिक समृद्धिको दिशामा अगाडि बढाउनका लागि रचनात्मक छलफल आवश्यक रहेको औँल्याए ।

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले ल्याएको विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतालाई जनतासँग निर्वाचनका बेला गरिएको प्रतिबद्धता कार्यान्वयनका लागि गरिएको इमानदार प्रयासको रूपमा बुझिदिन सांसदहरूलाई आग्रह गरेका छन् । मंगलबार प्रतिनिधि सभा बैठकमा सो विधेयकको सिद्धान्त र प्राथमिकतामाथि सांसदहरूले उठाएका विभिन्न जिज्ञासा एवं प्रश्नहरूको जवाफ दिने क्रममा उनले यस्तो आग्रह गरेका हुन् । अ

र्थमन्त्री वाग्लेले यस विधेयकमा सरकारले आफ्नो नीति मात्रै नलगाएर संसद्‌मा प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलको घोषणा पत्रमा उल्लेख गरिएका सकारात्मक विषयवस्तुहरूलाई समेत समेट्ने अधिकतम प्रयास गरेको स्पष्ट पारे । यो विधेयक केवल सरकारको एकपक्षीय दृष्टिकोण मात्रै नभएर देशको संविधान, आवधिक योजना, दिगो विकासको लक्ष्य, विभिन्न राजनीतिक दलका घोषणा पत्र तथा नेपाली जनताले निर्वाचन मार्फत व्यक्त गरेका साझा आकाङ्क्षाहरूको प्रतिविम्ब भएको जिकिर पनि उनले गरे ।

बजेटको सैद्धान्तिक जग र यसको संवेदनशीलता बारे संसद्‌मा प्रस्ट पार्दै अर्थमन्त्री वाग्लेले भने, ‘यो विधेयकले केवल सरकारको दृष्टिकोणको मात्रै प्रतिनिधित्व गर्दैन । यसले संविधानको निर्देशक सिद्धान्त, योजना, दिगो विकास, विभिन्न राजनीतिक दलका घोषणा पत्र तथा नेपाली जनताले व्यक्त गरेका साझा आकांक्षालाई समेट्ने प्रयास गरेको छ । जनतासँग गरिएका प्रतिवद्धतालाई कार्यान्वयनमा रुपान्तरण गर्ने इमान्दार प्रयत्नका रुपमा यसलाई ग्रहण गरिदिन म यस सम्मानित सदन समक्ष आग्रह गर्दछु ।’

त्यस अवसरमा अर्थमन्त्री वाग्लेले दलीय एजेन्डा र राजनीतिक खिचातानीमा मात्रै अल्झिनुभन्दा देशलाई आर्थिक समृद्धिको दिशामा अगाडि बढाउनका लागि रचनात्मक छलफल आवश्यक रहेको औँल्याए । उनले सङ्घीय संसद्‌का सम्पूर्ण सदस्यहरूलाई व्यक्तिगत र पार्टीगत स्वार्थभन्दा माथि उठेर राष्ट्र निर्माणको बृहत्तर बहसमा केन्द्रित हुँदै आगामी बजेटलाई अझ व्यावहारिक र प्रभावकारी बनाउनका लागि महत्त्वपूर्ण योगदान दिन समेत आह्वान गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप