बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

देशभरका पेट्रोल पम्पलाई सात दिनभित्र शौचालय सफाइदेखि रङरोगनसम्म सुधार गर्न निर्देशन

मङ्गलबार, ०५ जेठ २०८३, १८ : १९
मङ्गलबार, ०५ जेठ २०८३

काठमाडौँ । नेपाल आयल निगमले देशभर सञ्चालित पेट्रोलियम बिक्रेता (पेट्रोल पम्प) हरूलाई आफ्नो सेवा र पूर्वाधारमा सुधार गर्न सात दिने अल्टिमेटम दिएको छ ।

पम्पहरूमा सरसफाइ र सुरक्षा मापदण्ड कमजोर भएको गुनासो बढेपछि निगमले सातै प्रदेशका प्रादेशिक कार्यालय र डिपोहरूलाई परिपत्र गर्दै निर्देशन कार्यान्वयन गर्न आग्रह गरेको छ ।

निगमका अनुसार अबदेखि सबै पेट्रोल पम्पहरूले उपभोक्ताको सुरक्षाका लागि अग्नि सुरक्षाका साधनहरू दुरुस्त राख्नुपर्ने, स्वच्छ पिउने पानीको व्यवस्था गर्नुपर्ने र पम्प परिसरमा रहेका शौचालयहरूलाई अनिवार्य रूपमा नियमित सरसफाइ गरी सेवाग्राहीले सहजै प्रयोग गर्न सक्ने वातावरण मिलाउनुपर्नेछ ।

यसैगरी निगमले पम्पहरूको भौतिक स्वरूपमा सुधार ल्याउनका लागि पम्पमा रहेका क्यानोपी  हरूलाई दुरुस्त अवस्थामा राख्न, सम्पूर्ण संरचनामा रङरोगन गरी सौन्दर्य र सरसफाइ कायम गर्न तथा परिसरभित्र अनिवार्य रूपमा हरियाली प्रवर्द्धन गर्न समेत निर्देशन दिएको छ । 

पेट्रोलियम पदार्थको प्रचलित मूल्यसूची स्पष्ट देखिने गरी राख्नुपर्ने विषयलाई पनि निगमले प्राथमिकतामा राखेको छ । यी सबै कार्यहरू सात दिनभित्र कार्यान्वयन गरिसक्न र सोको अनुगमन गरी जानकारी गराउन निगमले आफ्ना मातहतका कार्यालयहरूलाई निर्देशन दिएको छ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप