बाहिरी चक्रपथ : २४ वर्षसम्म काम शून्य, तलबमा करोडौँ खर्च
काठमाडौँ । काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापनका लागि २५ वर्षअघि अवधारणा ल्याइएको बाहिरी चक्रपथ आयोजना अझै कागजमै सीमित छ ।
आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएको ११ वर्ष बितिसक्दा पनि निर्माण कार्य सुरु हुन सकेको छैन।
तर, सो आयोजनाका लागि खटिएका कर्मचारीको तलब, भत्ता र प्रशासनिक कार्यमा मात्रै हालसम्म १५ करोड ९५ लाख रुपैयाँ खर्च भइसकेको महालेखाको पछिल्लो प्रतिवेदनमा उल्लेख छ।
कामै नगरी राज्यको करोडौँ रकम खर्च हुनुलाई महालेखाले गम्भीर ढिलासुस्ती भनेको छ । महालेखाले प्रतिवेदनमार्फत भनेको छ,‘नेपाल सरकारले काठमाडौँ, ललितपुर र भक्तपुर गरी तीन जिल्लाका समतल भूभागलाई समेटेर ७२ किलोमिटर बाहिरी चक्रपथ निर्माण गर्ने अवधारणा वि.सं.२०५८ सालमा प्रस्ताव गरेको देखिन्छ। उक्त आयोजनामा ३ स्थायी र १२ अस्थायी कर्मचारीको लागि २०८१/८२ मा तलब भत्तामा ५२ लाख ११ हजार रुपैयाँसमेत हालसम्म १५ करोड ९५ लाख ५७ हजार रुपैयाँ खर्च भएको देखिन्छ।
यसरी आयोजनाको लक्ष्यअनुसार कार्य नहुने र वार्षिक रूपमा तलब भत्ता लगायत प्रशासनिक खर्चहरू हुँदै आएको देखियो। नेपाल सरकारले बाहिरी चक्रपथ आयोजनाको अवधारणा ल्याएको २४ वर्ष र विस्तृत परियोजना प्रतिवेदन तयार गरेको ११ वर्ष व्यतीत हुँदासमेत परियोजना कार्यान्वयन सुरु गरेको छैन। यस आयोजनाको सम्बन्धमा मन्त्रालयले उपयुक्त निर्णय गर्नुपर्दछ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण