विशेष महाधिवेशनमा सहभागी नभएकालाई महेन्द्र यादवको आग्रह : गगनलाई सभापति मानेर जाऔँ
बुधबार, ०६ जेठ २०८३, १४ : ४०
सारांश
- नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले विशेष महाधिवेशनमा सहभागी नभएका नेताहरूलाई गगन थापालाई सभापति मानेर अघि बढ्न आग्रह गरेका छन् ।
- यादवले पार्टीभित्र अब यो भेला वा त्यो भेला भनेर नलागी एक ढिक्का भएर अगाडि बढ्नुपर्ने बताए ।
- उनले क्रियाशील सदस्यता अद्यावधिक गर्न सबै एकजुट भई मधेस प्रदेशलाई एक ढिक्का बनाएर अभियानमा लाग्न आग्रह गरे ।
काठमाडौँ । नेपाली कांग्रेसका सहमहामन्त्री तथा केन्द्रीय सदस्य महेन्द्र यादवले सभापति गगन थापालाई मानेर अगाडि बढ्न विशेष महाधिवेशनमा सहभागी नभएका नेताहरूलाई आग्रह गरेका छन् । मधेस प्रदेशमा बुधवार भएको कार्यक्रममा यादवले पार्टीभित्र यो वा त्यो भेलामा नलगारेर एक ढिक्का हुन आग्रह गरेका हुन् ।
‘पार्टीभित्र अब यो भेला त्यो भेला भनेर अनेक कुरामा लागेर हुन्न । विशेष महाधिवेशनमा सहभागी नभएका हामी अरू जो थियौँ, ती सबैले गगन थापालाई सभापति मानेर अघि बढौँ’, यादवले भने ।
पार्टीभित्र क्रियाशील सदस्यता अद्यावधिक गर्न सबै एकजुट हुन र पुरै मधेस प्रदेश एक ढिक्का भएर यो अभियानमा लाग्न उनले आग्रह गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभिनेत्री जेनिफर विंगेटले गरिन् बिहे
-
जलविद्युत आयोजनालाई राहत : चार समूहमा वर्गीकरण गरी आरसीओडीको म्याद थप गरिने
-
खल्तीमा रहेको मोबाइल फोन विस्फोट हुँदा गुप्ताङ्ग जलेपछि...
-
बाल सुधार गृहको व्यवस्थापन र एकीकृत कानुन निर्माणमा सांसद आचार्यको जोड
-
बाल सुधार गृहमा ‘नाइके प्रथा’ अन्त्य गरी पारिवारिक वातावरण निर्माण गर्न सांसद लामाको माग
-
च्यासलमा एमाले सांसदलाई नेता र विज्ञहरूको प्रशिक्षण (तस्बिरहरु)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण