कांग्रेसको चेतावनी : क्रियाशील सदस्यता अद्यावधिकमा असहयोग गर्ने वडा सभापति फेरिनेछन्
सारांश
- नेपाली कांग्रेसले देशभरका ६ हजार ७ सय ४३ वडा कार्यसमितिलाई क्रियाशील सदस्यता अद्यावधिक गर्न जेठ २१ गतेभित्रको समयसीमा तोकेको छ।
- यस कार्यमा असहयोग गर्ने वडा सभापतिलाई विधान बमोजिम कारबाही गरी वैकल्पिक व्यवस्था गरिने चेतावनी दिइएको छ।
- कांग्रेसले पार्टीको अभिलेखलाई डिजिटल र पारदर्शी बनाउन विभिन्न डिजिटल माध्यमहरूको प्रयोग गरेको छ।
काठमाडौँ । नेपाली कांग्रेसले देशभरका ६ हजार ७ सय ४३ वडा कार्यसमितिलाई पार्टीको क्रियाशील सदस्यता अद्यावधिक गर्न अन्तिम समयसीमा तोक्दै त्यो कार्यमा असहयोग गर्ने वडा सभापतिलाई कारबाही गर्ने चेतावनी दिएको छ।
पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले बुधबार परिपत्र जारी गर्दै जेठ २१ गतेभित्र अनिवार्य रूपमा सदस्यता अद्यावधिक गरिसक्न निर्देशन दिएका हुन्।
दुलालले परिपत्रमा वडा सभापतिहरूलाई आफ्ना सदस्यहरूको विवरण जेठ २१ भित्र अद्यावधिक गर्न निर्देशन दिँदै यस कार्यको अनुगमन पालिका कार्यसमितिले गर्ने उल्लेख गरेका छन्। ‘क्रियाशील सदस्यता अद्यावधिकको कार्यमा असहयोग गरेमा विधान बमोजिम वडा सभापतिको वैकल्पिक व्यवस्था गरिनेछ।’
सदस्यता अद्यावधिकमा चासो नदिने वा अवरोध गर्ने वडा सभापतिहरूको विवरण केन्द्रमा पठाउन पालिका कार्यसमितिलाई दुलालले निर्देशन दिएका छन्। पार्टीको विद्यमान सदस्यता वितरण र अभिलेखीकरण प्रणालीलाई व्यवस्थित, चुस्त र सहज बनाउन कांग्रेसले यसपटक विभिन्न डिजिटल माध्यमहरूको प्रयोग गरेको छ।
कांग्रेसले पार्टी विधान २०१७ (एघारौँ संशोधन) र केन्द्रीय कार्यसमितिको गत चैत ११ गतेको निर्णयअनुसार पार्टीको अभिलेखलाई डिजिटल र पारदर्शी बनाउने प्रक्रिया सुरु गरेको हो। परिपत्र पार्टीका ७७ वटै जिल्ला कार्यसमिति र ७५३ वटै पालिका कार्यसमितिलाई बोधार्थ पठाइएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभिनेत्री जेनिफर विंगेटले गरिन् बिहे
-
जलविद्युत आयोजनालाई राहत : चार समूहमा वर्गीकरण गरी आरसीओडीको म्याद थप गरिने
-
खल्तीमा रहेको मोबाइल फोन विस्फोट हुँदा गुप्ताङ्ग जलेपछि...
-
बाल सुधार गृहको व्यवस्थापन र एकीकृत कानुन निर्माणमा सांसद आचार्यको जोड
-
बाल सुधार गृहमा ‘नाइके प्रथा’ अन्त्य गरी पारिवारिक वातावरण निर्माण गर्न सांसद लामाको माग
-
च्यासलमा एमाले सांसदलाई नेता र विज्ञहरूको प्रशिक्षण (तस्बिरहरु)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण