बाजुरामा गर्भवतीको हेलिकप्टरमार्फत उद्धार
बाजुरा । जिल्लाको बुढीनन्दा नगरपालिकाको कोल्टीस्थित कोल्टी आधारभूत अस्पतालमा सुत्केरी हुन आएकी हुम्लाकी एक जना गर्भवतीलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
हुम्लाको सर्केगाड गाउँपालिका-१ की १९ वर्षीया ललिता नेपाली ६ दिनदेखि सुत्केरी व्याथा लागेर बच्चा जन्मिन नसकेपछि उनलाई आज सेनाको हेलिकप्टरमार्फत उद्धार गरी कर्णाली प्रादेशिक अस्पताल सुर्खेत पठाइएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।
कोल्टीमा सुत्केरी हुन आएकी नेपालीको गर्भवतीको अवस्था जटिल भएपछि कोल्टी आधारभूत अस्पतालले सुविधा सम्पन्न अस्पताल लैजान रिफर गरेपछि सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जानकारी दिए । उनका अनुसार कोल्टी आधारभूत अस्पतालमा गर्भवतीको अवस्था थप जटिल भएको पत्र आएपछि महिला, बालबालिका मन्त्रालयको समन्वयमा थप उपचारका लागि सुर्खेत पठाइएको हो ।
गर्भवतीको स्वास्थ्य अवस्था जटिल बनेपछि तत्काल उद्धार गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । लगातार ६ दिनयता सुत्केरी व्यथा लागे पनि बच्चा नजन्मिएको र यौनीबाट लगातार पानी बगिरहेकाले रिफर गरिएको कोल्टी आधारभूत अस्पताल कोल्टीले जनाएको छ ।
दुर्गम क्षेत्रमा रहेका जटिल अवस्थाका गर्भवती तथा सुत्केरी महिलालाई आकस्मिक स्वास्थ्य सेवा उपलब्ध गराउन सरकारले राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत नेपाली सेनामार्फत निःशुल्क हवाई उद्धार कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण