बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
फोटोफिचर

डोजर चलेपछि खण्डहर बनेको मनोहरा, तस्बिरहरू

भग्नावशेष यत्तिकै छोडिँदा वायु प्रदूषण र खोला थुनिने डर
बिहीबार, ०७ जेठ २०८३, १४ : ०६
बिहीबार, ०७ जेठ २०८३

सारांश

  • तीन हप्ताअघि काठमाडौँ उपत्यकाको खोला किनारमा रहेका सुकुम्वासी बस्तीमा डोजर चल्दा केही तनाव उत्पन्न भएको मनोहरा क्षेत्र अहिले खण्डहर र सुनसान बनेको छ।
  • मनोहरा जस्तै बस्तीका विस्थापितहरूलाई गरिएको व्यवहार र उचित व्यवस्थापनको कमीका कारण सरकारको आलोचना भइरहेको छ ।
  • खोला किनारमा बनाइएका कङ्क्रिटका संरचना भत्काइएपछि यसको व्यवस्थापनमा सरकारको उति चासो देखिएको छैन, जसले वातावरणीय चुनौती र प्रकोप ल्याउने सम्भावना बढेको छ।

काठमाडौँ । तीन हप्ताअघि काठमाडौँ उपत्यकाको खोला किनारमा रहेका सुकुम्वासी बस्तीमा डोजर चल्दा केही तनाव उत्पन्न भएको मनोहरा क्षेत्र अहिले खण्डहर र सुनसान बनेको छ। 

manohara sukumbasi (1)

मनोहरा जस्तै बस्तीका विस्थापितहरूलाई गरिएको व्यवहार र उचित व्यवस्थापनको कमीका कारण सरकारको आलोचना भइरहेको छ । ती परिवारको व्यवस्थापनको चुनौती त छँदै छ, तर यसरी भत्काइएका बस्तीले वातावरणीय चुनौती र प्रकोप पनि ल्याउने सम्भावना उत्तिकै छ।

manohara sukumbasi (2)

खोला किनारमा बनाइएका कङ्क्रिटका संरचना भत्काइएपछि यसको व्यवस्थापनमा सरकारको उति चासो देखिएको छैन। कङ्क्रिटका धुलो र संरचनाहरू यत्तिकै छोड्दा वायुको गुणस्तर खस्किन्छ नै, यी सिमेन्टका संरचनाका भग्नावशेष खोलामा मिसिने वा फालिने सम्भावना पनि उत्तिकै रहन्छ। 

manohara sukumbasi (3)

पुनः प्रयोग गर्न मिल्ने वा बिक्री गर्न मिल्ने सामग्री यहाँ बसोबास गर्नेहरूले लगिसकेको वा बिक्री गरिसकेको भए पनि अब बचेका सामग्रीहरू यत्तिकै छोड्दा वातावरणीय प्रदूषणको सम्भावना झन् बढेको छ।

manohara sukumbasi (4)manohara sukumbasi (5)manohara sukumbasi (6)manohara sukumbasi (7)manohara sukumbasi (8)manohara sukumbasi (9)manohara sukumbasi (10)manohara sukumbasi (11)manohara sukumbasi (12)manohara sukumbasi (13)manohara sukumbasi (14)manohara sukumbasi (15)manohara sukumbasi (16)manohara sukumbasi (17)manohara sukumbasi (18)manohara sukumbasi (19)manohara sukumbasi (20)

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप