एक करोडभन्दा धेरै भए 'कक्रोच जनता पार्टी'का फलोअर्स
सारांश
- भारतीय प्रधानन्यायाधीशको एक बयानपछि सामाजिक सञ्जालमा 'कक्रोच जनता पार्टी' अभियान चर्चामा आएको छ ।
- यो अभियानको इन्स्टाग्राम ह्यान्डलमा चार दिनभित्र १ करोड १८ लाखभन्दा बढी फलोअर्स पुगेका छन् ।
- प्रधानन्यायाधीश सूर्यकान्तले आफ्नो भनाइलाई गलत रूपमा प्रस्तुत गरिएको दाबी गर्दै युवाहरूलाई 'विकसित भारतका आधारस्तम्भ' भन्दै अभिव्यक्ति सच्याएका छन् ।
नयाँ दिल्ली । भारतीय सर्वाेच्च अदालतका प्रधानन्यायाधीश सूर्यकान्तले युवा र 'कक्रोच'बारे दिएको बयानपछि भारतमा ‘कक्रोच जनता पार्टी’ अभियान सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ ।
कक्रोच जनता पार्टीको इन्स्टाग्राम ह्यान्डलमा अचानक फलोअर्सको संख्या बढिरहेको छ । चार दिनभित्र यसको इन्स्टाग्राम ह्यान्डलमा फलोअर्सको संख्या १ करोड १८ लाख नाघेको छ ।
अनलाइनमा यसको नाममा एउटा वेबसाइट सिर्जना गरिएको छ । ट्विटरमा पनि यसका फलोअर्स टन्नै छन् । वेबसाइटमा २ लाखभन्दा बढी मानिसहरूले सदस्यताका लागि दर्ता गरेको रिपोर्ट गरिएको छ ।
सामाजिक सञ्जालमा यस्तो खालको अभियान चलाउने विचार कहाँबाट आयो ? बीबीसीले यस पार्टीका क्रियटर अभिजीत दीपकेलाई प्रश्न सोधेको थियो । ‘मैले ट्विटरमा (अहिले एक्स)मा प्रधानन्यायाधीश (भारतका प्रधानन्यायाधीश)को एक बयान हेरिरहेको थिएँ, जहाँ उनले देशका युवाहरूलाई प्रणालीको आलोचना गर्ने र आफ्नो विचार व्यक्त गर्ने साङ्ला र परजीवीहरूसँग तुलना गरेका थिए ।’
दीपकेले सामाजिक सञ्जाल एक्समा ‘सबै कक्रोचहरू एकजुट भए भने के हुन्छ ?’ भनी एउटा पोस्ट गरे । यही वाक्यले केही घण्टाभित्रै विशाल डिजिटल आन्दोलनको रूप लियो ।
दिल्ली उच्च अदालतमा वरिष्ठ वकिल नियुक्तिसम्बन्धी मुद्दाको बहसका क्रममा सूर्यकान्तले ‘रोजगार नपाएका र पेसामा स्थान नभएका कक्रोचजस्ता युवाहरू’ सामाजिक सञ्जाल र विभिन्न गतिविधिमार्फत प्रणालीमाथि आक्रमण गरिरहेका छन भन्ने आशय व्यक्त गरेको बताइएको थियो ।
सूर्यकान्तको टिप्पणी सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा तीव्र प्रतिक्रिया सुरु भयो । विशेषगरी बेरोजगारी, परीक्षा घोटाला र आर्थिक संकटसँग संघर्ष गरिरहेका भारतीय युवाले उक्त अभिव्यक्तिलाई आफूहरूमाथिको अपमानका रूपमा लिए ।
विवाद बढ्दै गएपछि प्रधानन्यायाधीश सूर्यकान्तले आफ्नो भनाइलाई गलत रूपमा प्रस्तुत गरिएको दाबी गर्दै स्पष्टीकरण दिनुपर्यो । आफ्नो टिप्पणी सम्पूर्ण भारतीय युवाप्रति नभई नक्कली डिग्री लिएर कानुनी क्षेत्रमा प्रवेश गर्ने व्यक्तिहरूप्रति लक्षित भएको उनले पछि स्पष्टीकरण दिनुपरेको थियो ।
भारतीय युवालाई ‘विकसित भारतका आधारस्तम्भ’ भन्दै उनी अभिव्यक्ति सच्याउन बाध्यसमेत भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्च अदालतमा साउन ११ देखि नियमति सुनुवाइ हुने
-
पुस मसान्तभित्र लेखापरीक्षण गरीसक्न सञ्चारमन्त्रीको निर्देशन
-
सरकारसँग अध्यक्ष बानियाँकाे आग्रह : बीमा व्यवस्था र ट्राफिक जरिवानाको पुनरवलोकन गरियोस्
-
देउवा समूहले बीपी स्मृति दिवसमा छुट्टै कार्यक्रम गर्ने
-
स्पेनको सफलताको रहस्य : दे ला फुएन्तेको ‘मानवीय दर्शन’ र लामिन यामालको जादु
-
सर्लाहीमा एक युवकले गरे आत्मदाह प्रयास, हेलिकोप्टरबाट काठमाडौँ ल्याइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण