बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

एमालेको निर्वाचन प्रतिवेदन बनाउने जिम्मा बादललाई

बिहीबार, ०७ जेठ २०८३, १५ : ५५
बिहीबार, ०७ जेठ २०८३

काठमाडौँ । नेकपा एमालेले गत फागुनमा भएको संसदीय निर्वाचनको एकीकृत प्रतिवेदन तयार गर्ने जिम्मा उपाध्यक्ष रामबहादुर थापा (बादल)लाई दिने भएको छ।

देशभरबाट आएका निर्वाचनसम्बन्धी रिपोर्टका आधारमा एकीकृत प्रतिवेदन तयार गर्ने जिम्मा बादललाई दिने अध्यक्ष ओलीको प्रस्ताव छ। 

यद्यपि उक्त प्रस्ताव अनुमोदन शुक्रबारको बैठकले गर्नेछ। बादल संयोजकत्वको समितिमा उपाध्यक्ष पृथ्वी सुव्वा गुरुङ, महासचिव शंकर पोखरेल, सचिव छविलाल विश्वकर्मा,भानुभक्त ढकाल,नेता प्रदीप ज्ञवाली र आठै प्रदेशका इन्चार्जहरू सदस्य तोकिएका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप