संसदमा विपक्षीको नाराबाजीः लहरमा एक्लै देखिए महावीर पुन
काठमाडौँ । प्रतिनिधिसभाको बिहीबारको बैठकमा विपक्षी दलहरूले नाराबाजी र विरोध प्रदर्शन गर्दा स्वतन्त्र सांसद महावीर पुन संसद् भवनमा आफ्नो लहरमा एक्लै देखिए ।
सरकारको कामकारबाहीप्रति असन्तुष्टि जनाउँदै विपक्षी दलका सांसदहरू विरोधका लागि आफ्नो सिट छाडेर अगाडि बढेपछि स्वतन्त्र सांसद पुन बस्ने लहर खाली भएको हो ।
बैठक सुरु भएलगत्तै विपक्षी दलका सांसदहरूले प्रधानमन्त्रीको उपस्थिति माग गर्दै सदनमा विरोध जनाएका थिए । विपक्षी दल नेकपा एमालेलगायत सांसदहरूको अवरोध र नाराबाजीबिच सभामुख डीपी अर्यालले सदनको कार्यसूची अगाडि बढाएका थिए । त्यसपछि संसद्मा केही समय तनावपूर्ण स्थिति सिर्जना भएको थियो ।
विपक्षी दलका सांसदहरू रोष्ट्रम अगाडि पुगेर नाराबाजीमा उत्रिएपछि आ–आफ्नो दलका सांसदहरू आ–आफ्नो स्थानबाट हटेका थिए । यसै क्रममा स्वतन्त्र सांसदका रूपमा रहेका पुन भने आफ्नो लहरको सिटमा एक्लै बसिरहेको देखिएको थियो ।
विपक्षीको अवरोध र विरोधबिच सदनको कारबाही अगाडि बढ्यो । एक विधेयक पारित भएको छ । ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२ विपक्षीहरूको रोष्टममा नाराबाजीबिच प्रतिनिधिसभाबाट पारित भएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्तविधेयक माथिको दफावार छलफल सदनमा गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।
विधेयकहरू पारित भएसँगै प्रतिनिधिसभाको बैठक आगामी १२ गतेसम्मका लागि स्थगित भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण