यूएन वुमनको प्रतिवेदनः गाजामा ज्यान गुमाउनेमध्ये ७० प्रतिशत बढी महिला र बालबालिका
सारांश
- संयुक्त राष्ट्रसंघीय निकाय 'यूएन वुमन'ले सार्वजनिक गरेको प्रतिवेदन अनुसार गाजा द्वन्द्वमा ज्यान गुमाउनेमध्ये ७० प्रतिशतभन्दा बढी महिला र बालबालिका रहेका छन् ।
- गाजाको ९० प्रतिशत जनसङ्ख्या तीव्र खाद्य असुरक्षाको सामना गरिरहेको छ, जसमा महिला र बालबालिका सबैभन्दा बढी प्रभावित छन् ।
- सन् २०२३ अक्टोबरदेखि २०२५ डिसेम्बरको अवधिमा गाजामा करिब ३८ हजार महिला र बालिकाको मृत्यु भएको छ, जुन विगतका द्वन्द्वहरूको तुलनामा निकै बढी हो ।
काठमाडौँ । गाजामा जारी सैन्य द्वन्द्वका कारण दशौँ हजार सर्वसाधारणको ज्यान जानुका साथै घर, विद्यालय र आश्रयस्थललगायत करिब ९० प्रतिशत नागरिक पूर्वाधारहरू ध्वस्त भएका छन् ।
इजरायलको कडा नाकाबन्दीका कारण पानी, खाद्यान्न, बिजुली र सरसफाइ जस्ता अत्यावश्यक सेवाहरूको पहुँच गम्भीर रूपमा सीमित बनेको छ । बाँचेका नागरिकहरू पनि भोकमरी, बारम्बारको विस्थापन र महामारीको जोखिमसँग जुधिरहेका छन् ।
यसै पृष्ठभूमिमा, संयुक्त राष्ट्रसंघीय निकाय 'यूएन वुमन'ले 'गाजामा महिला र बालिकाहरूमाथि युद्धको मूल्य' शीर्षकको पैरवी प्रतिवेदन सार्वजनिक गरेको छ । सन् २०२६ अप्रिल १७ मा जारी गरिएको यस प्रतिवेदनले अक्टोबर २०२३ देखि डिसेम्बर २०२५ सम्मको अवधिलाई समेट्दै मानवीय संकटले महिला र बालिकामा पारेको लैङ्गिक असरको विश्लेषण गरेको छ ।
यस प्रतिवेदनलाई उद्धृत गर्दै भारतस्थित प्यालेस्टिनी दूतावासले जारी गरेको प्रेसविज्ञप्ति अनुसार गाजा द्वन्द्वमा ज्यान गुमाउनेमध्ये ७० प्रतिशतभन्दा बढी महिला र बालबालिका रहेका छन् ।
खाद्य असुरक्षा र स्वास्थ्य संकट
विज्ञप्तिमा उल्लेख भएअनुसार गाजाको कुल जनसङ्ख्याको ९० प्रतिशत हिस्साले हाल तीव्र खाद्य असुरक्षाको सामना गरिरहेको छ, जसमा महिला र बालबालिका सबैभन्दा बढी प्रभावित छन् ।
साथै, सरसफाइका सामग्री र अत्यावश्यक स्वास्थ्य सेवाको चरम अभावका कारण महिला तथा बालिकाहरू महिनावारी रोक्न वा ढिलो गराउन गर्भनिरोधक चक्कीहरू प्रयोग गर्न बाध्य भइरहेका छन् ।
सन् २०२३ अक्टोबरदेखि २०२५ डिसेम्बरको अवधिमा गाजामा करिब ३८ हजार महिला र बालिकाको मृत्यु भएको छ । यो सङ्ख्या गाजामा भएका विगतका द्वन्द्वहरूको तुलनामा निकै बढी हो । सन् २००८–०९ को द्वन्द्वमा महिला र बालिकाको मृत्युदर कुल मृतकको १५ प्रतिशत र सन् २०१४ को द्वन्द्वमा २२ प्रतिशत थियो ।
विशेषगरी तीव्र बमबारी भएका अवधिहरूमा, युद्धको पहिलो छ महिनामा, महिला र बालबालिकाको मृत्युदर कुल मृतकको झन्डै दुई तिहाइ पुगेको प्रतिवेदनमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण