बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

नेपाल मेडिकल काउन्सिलद्वारा ‘विज्ञ सूची’ तयार गर्न आवेदन आह्वान

शुक्रबार, ०८ जेठ २०८३, ०० : ४३
शुक्रबार, ०८ जेठ २०८३

सारांश

  • नेपाल मेडिकल काउन्सिलले व्यावसायिक आचरण र स्वास्थ्य समितिका उजुरीमा निष्पक्ष रायका लागि आधिकारिक ‘विज्ञ सूची’ तयार पार्दैछ ।
  • काउन्सिलले नयाँ र पारदर्शी प्रणालीमार्फत विज्ञ परिचालन गर्न स्वचालित ‘र्यान्डम सेलेक्सन’ नीति अवलम्बन गरेको छ ।
  • सूचीमा आबद्ध हुन विशेषज्ञ दर्ता, नैतिक आचरण उल्लंघनमा कारबाही नपरेको, न्यूनतम १० वर्षको कार्य अनुभव वा प्राध्यापन अनुभव आवश्यक छ ।

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले आफ्नो व्यावसायिक आचरण तथा स्वास्थ्य समितिमा दर्ता हुने उजुरी र विशिष्टीकृत विषयहरूमा निष्पक्ष एवं वैज्ञानिक राय प्राप्त गर्नका लागि आधिकारिक ‘विज्ञ सूची’ तयार पार्ने भएको छ ।  काउन्सिलले बिहीबार एक सार्वजनिक सूचना जारी गर्दै नयाँ र पारदर्शी प्रणालीमार्फत विज्ञहरूको परिचालन गर्न स्वचालित ‘र्यान्डम सेलेक्सन’ नीति अवलम्बन गरेको जानकारी दिँदै योग्य विशेषज्ञहरूलाई आवेदनका लागि आह्वान गरेको हो ।

विज्ञ सूचीमा आबद्ध हुनका लागि नेपाल मेडिकल काउन्सिलमा विशेषज्ञका रूपमा दर्ता भएको र कुनै पनि नैतिक वा व्यावसायिक आचरण उल्लंघन सम्बन्धी कारबाहीमा नपरेको हुनुपर्नेछ । साथै, सम्बन्धित विधामा एमडी, एमएस वा एमडीएस वा सो सरहको विशेषज्ञ उपाधि प्राप्त गरेपछि सम्बन्धित विषयमा न्यूनतम १० वर्षको कार्य अनुभव भएको वा प्राज्ञिक क्षेत्रमा सह(प्राध्यापक वा सोभन्दा माथिल्लो पदमा कार्यरत रहेको हुनुपर्ने योग्यता तोकिएको छ ।

काउन्सिलले बायो–एथिक्स, मेडिकल एथिक्स वा गुड क्लिनिकल प्राक्टिस सम्बन्धी आधारभूत वा उन्नत तालिम प्राप्त गरेका वा कुनै मान्यता प्राप्त इन्स्टिच्युसनल रिभ्यु कमिटीमा काम गरेको अनुभव भएका विशेषज्ञहरूलाई प्राथमिकता दिइने जनाएको छ । इच्छुक र योग्यता पुगेका विशेषज्ञ चिकित्सकहरूले सूचना प्रकाशित भएको मितिले सात दिनभित्र आवेदन बुझाउन आग्रह गरेको छ ।

medical council

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप