रातोपाटीकर्मी कुवेर गिरी ‘राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान २०८३’ बाट सम्मानित
सारांश
- रातोपाटीकर्मी कुबेर गिरी 'राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान २०८३' बाट सम्मानित भएका छन् ।
- गिरीलाई चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, महानायक राजेश हमाल लगायतले खादा, फुलमाला, ट्रफी र सम्मान पत्रले सम्मान गरेका थिए ।
- दुई दशक यता चलचित्र पत्रकारितामा सक्रिय गिरीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरी ४ दर्जनबढी पुरस्कार सम्मान प्राप्त गरिसकेका छन् ।
काठमाडौँ । रातोपाटीकर्मी कुवेर गिरी ‘राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान २०८३’ बाट सम्मानित भएका छन् । बिहीबार साँझ आयोजित ‘चलचित्र पत्रकार संघको २७ औँ वार्षिकोत्सव तथा राष्ट्रिय चलचित्र पत्रकारिता दिवस’को अवसरमा आयोजित एक भव्य समारोहबिच गिरीलाई चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, महानायक राजेश हमाल, सदाबहार अभिनेत्री करिस्मा मानन्धर, वरिष्ठ अभिनेत्रीत्रय भुवन चन्द, वसुन्धरा भुसाल, चैत्यदेवी सिंर, अभिनेत्री रेखा थापा, अभिनेता निखिल उप्रेती लगायतले खादा, फुलमाला, ट्रफी र सम्मान पत्रले सम्मान गरेका थिए ।
दुई दशक यता चलचित्र पत्रकारितामा सक्रिय गिरीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरी ४ दर्जनबढी पुरस्कार सम्मान प्राप्त गरिसकेका छन् । चलचित्र पत्रकार संघका निवर्तमान उापध्यक्ष समेत रहेका गिरी नेपाल सरकारकारको केन्द्रीय चलचित्र जाँच पास समितिमा रहेर पनि काम गरिसकेका छन् ।
विभिन्न साप्ताहिक, रेडियो तथा एफ, ३ राष्ट्रिय दैनिक, नेपाल टेलिभिजन हुँदै गिरी पछिल्लो एक दशकदेखि रातोपाटीसँग आबद्ध छन् ।
कार्यक्रममा ‘राष्ट्रिय चलचित्र पत्रकारिता रजत सम्मान २०८३’ बाट अनन्त वाग्ले, ‘राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान २०८३’बाट जयन सुब्बा मानन्धर सम्मानित भए ।
त्यस्तै स्वर्गीय पत्रकार दिनेश सिटौला स्मृति ‘राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार २०८३’बाट सुरक्षा भट्टराई र ‘राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार २०८३’बाट वैकुण्ठ राज पराजुली पुरस्कृत भए । स्वर्गीय पत्रकार दिनेश सिटौलालाई ‘राष्ट्रिय चलचित्र पत्रकारिता मरणोपरान्त विशेष सम्मान २०८३ पुरस्कार’ बाट सम्मान गरियो ।
कार्यक्रममा पत्रकार मिलन ढुङ्गेल ‘राष्ट्रिय चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार २०८३’बाट पुरस्कृति भए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नक्कली लाभग्राही बनाएर भत्ता वितरण, वडाध्यक्षसहित ४२ जनाविरूद्ध भ्रष्टाचार मुद्दा
-
‘कानुन सुधार र निर्माण वर्ष’लाई सफल बनाउन आग्रह
-
यूके पठाइदिने भन्दै ठगी गर्ने महिला पक्राउ
-
फिफा विश्वकप : इतिहास दोहोर्याएको स्पेन (भिडियो)
-
सुनचाँदी व्यवसायी संस्थाहरूबिचको दूरी घटाउन अध्यक्ष फोरम
-
क्षणभरमै खरानी बनेको मन्त्री निवास अझै बनेन, मन्त्रीहरूलाई सकस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण