प्रधानमन्त्रीको हठका कारण दुई तिहाइको सरकार ढल्ने परिस्थिति नआओस् : ठाकुर गैरे
शुक्रबार, ०८ जेठ २०८३, ०९ : ३०
सारांश
- नेकपा एमालेका नेता ठाकुर गैरेले प्रधानमन्त्रीको कार्यशैली र हठका कारण सरकार संकटमा पर्न सक्ने चेतावनी दिएका छन् ।
- उनले प्रधानमन्त्रीको व्यवहारले सत्ता साझेदार दल राष्ट्रिय स्वतन्त्र पार्टी विभाजन हुनुका साथै दुई तिहाइको सरकार ढल्न सक्ने बताएका छन् ।
- गैरेले प्रधानमन्त्री संसद् र जनताप्रति उत्तरदायी नभएको, संसद् बैठकमा नजाने र प्रश्नहरूको जवाफ दिन इन्कार गर्ने रवैयाप्रति असन्तुष्टि जनाएका छन् ।
काठमाडौँ । नेकपा एमालेका नेता ठाकुर गैरेले प्रधानमन्त्रीको कार्यशैली र हठका कारण सरकार नै संकटमा पर्न सक्ने भन्दै चेतावनी दिएका छन् ।
सामाजिक सञ्जालमा एक पोस्ट साझा गर्दै नेता गैरेले प्रधानमन्त्रीको व्यवहारकै कारण सत्ता साझेदार दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) विभाजन हुने र वर्तमान दुई तिहाइको सरकार समेत ढल्ने परिस्थिति आउन सक्ने चेतावनी दिएका हुन् ।
नेता गैरेले प्रधानमन्त्री संसद् र जनताप्रति उत्तरदायी नभएको आरोप लगाएका छन् । संसद् बैठकमा जाँदै नजाने, संसद्मा उठेका प्रश्नहरूको जवाफ दिन इन्कार गर्ने तथा जनतासँग प्रत्यक्ष संवादसमेत नगर्ने प्रधानमन्त्रीको रवैयाप्रति उनले असन्तुष्टि जनाएका छन् ।
प्रधानमन्त्रीको यस्तो गैरजिम्मेवारपूर्ण कदमले राजनीतिक अस्थिरता निम्त्याउन सक्ने भन्दै उनले सत्तारुढ दलभित्रै ठूलो संकट आउने संकेत गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधान संशोधनमा सुशासन, सङ्घीयता र समावेशी प्रतिनिधित्व कांग्रेसको प्राथमिकता : गगन थापा
-
टेकुमा गोली चल्यो, एक जना घाइते
-
नेपालबिना भारत विश्वगुरु बन्न सक्दैन : राजकिशोर यादव
-
ऐन बनाएर हरवा चरवा समुदायको समस्या समाधान गर्छाैँ : मन्त्री पटेल
-
फाइनल अघि मेस्सीको एउटा पोस्टले प्रशंसकमा कौतुहलता, सन्न्यास लिन लागेका हुन् ?
-
मेटलाइफ स्टेडियमले विश्वकप फाइनल आयोजना गर्ने अवसर कसरी पायो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण