एमाले नीति अनुसन्धान प्रतिष्ठानको निर्देशक कमिटीमा को–को ?
शुक्रबार, ०८ जेठ २०८३, ११ : २३
सारांश
- नेकपा एमालेले नीति तथा अनुसन्धान प्रतिष्ठानको निर्देशक कमिटी गठनका लागि ६ जनाको नाम प्रस्ताव गरेको छ ।
- प्रस्तावित नामबारे आज शुक्रबार बस्ने एमाले सचिवालय बैठकले निर्णय गर्नेछ ।
- प्रतिष्ठानको अध्यक्षमा विष्णु रिमाललाई मनोनयन गरिएको छ भने सदस्यहरूमा डा.युवराज खतिवडा, डा.नेत्र तिमिल्सिना, डा.योगेन्द्र गुरुङ, विनोद पाण्डे र एक कार्यकारी निर्देशकको नाम प्रस्ताव गरिएको छ ।
काठमाडौँ । नेकपा एमालेले नीति तथा अनुसन्धान प्रतिष्ठानको निर्देशक कमिटी गठनका लागि ६ जनाको नाम प्रस्ताव गरेको छ । प्रस्तावित नामबारे आज शुक्रबार बस्ने एमाले सचिवालय बैठकले निर्णय गर्नेछ ।
प्रतिष्ठानको अध्यक्षमा एमालेले यसअघि नै विष्णु रिमाललाई मनोनयन गरिसकेको छ । प्रतिष्ठानका सदस्यहरूको नाम केन्द्रीय कमिटी बैठकले अनुमोदन गर्ने गरी अध्यक्ष ओलीले सचिवालय बैठकमा प्रस्ताव गरेका छन् ।
प्रतिष्ठानको सदस्यका लागि प्रस्तावित नामहरूमा डा.युवराज खतिवडा, डा.नेत्र तिमिल्सिना, डा.योगेन्द्र गुरुङ, विनोद पाण्डे, र एक जना कार्यकारी निर्देशक भनिएको छ ।
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन अघिसम्म प्रतिष्ठानको अध्यक्ष ईश्वर पोखरेल रहेका थिए । महाधिवेशनपछि पोखरेलको ठाउँमा रिमाल मनोनयन भएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण