बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

रास्वपाले नेपाली जनतालाई निराश हुन दिँदैन : महामन्त्री बुर्लाकोटी

शुक्रबार, ०८ जेठ २०८३, २१ : २४
शुक्रबार, ०८ जेठ २०८३

पर्वत । राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री कबिन्द्र बुर्लाकोटीले राष्ट्रिय स्वतन्त्र पार्टीले जनतालाई निराश हुन नदिने बताएका छन् । पर्वत सदरमुकाम कुश्माबजारमा शुक्रबार आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले नागरिकले चाहेजस्तो शिक्षा, स्वास्थ्य, रोजगारी, सुशासनका क्षेत्रमा सरकारले प्रभावकारी काम भइरहेको बताए।

महामन्त्री बुर्लाकोटीले देशमा भएका बेतिथि र विसङ्गतिको जालाहरू तोड्नका लागि नेपाली जनताले पार्टीलाई करिब दुईतिहाइको बहुमत दिएर सरकारमा पठाएको बताउँदै विपक्षी दलहरूले जतिसुकै विरोध गरे पनि त्यस्ता जालाहरू तोडेरै छाड्ने बताए।

उनले जनताको निराशालाई आशामा बदल्न काम नै गरेर देखाउनुपर्ने बताउँदै सोही कारणले संसद्‌मा प्रधानमन्त्री आउन नभ्याएको बताए। काम गर्ने बेलामा फोन उठाएर र संसद्मा बोलेर नतिजा दिन नसकिने बताउँदै महासचिव बुर्लाकोटीले काम नै गरेर देखाउने भएकाले कम्तीमा छ महिना पर्खेर हेरिदिन आग्रह गरे।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य सागर भुसालले समग्र पर्वत जिल्लाको विकास र समृद्धिका लागि आफू निरन्तर लागिपरेको बताए । उनले आफूले पालिका सचिवालय सदस्यहरू नियुक्तिको विषयमा आलोचना भए पनि सहजतासहितको कार्यसम्पादनका लागि गठन गरिएको दाबी गर्दै आजैबाट विघटन गरेको घोषणासमेत गरे।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप