एमाले सचिवालय बैठक आज पनि बस्दै, नेताहरूको कार्यविभाजन मुख्य एजेन्डा
शनिबार, ०९ जेठ २०८३, ०६ : २६
सारांश
- नेकपा एमालेको सचिवालय बैठक आज बिहान ११:३० बजे अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बस्दैछ ।
- शुक्रबारको बैठकमा उपाध्यक्षहरूले अध्यक्ष ओलीलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गरेका थिए ।
- आजको बैठकमा आएको सुझावको आधारमा कार्य विभाजनका लागि प्रस्तावित नाम संशोधन हुनसक्ने उपमहासचिव लेखराज भट्टले जानकारी दिए ।
काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक आज पनि बस्ने भएको छ । अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बिहान ११ः३० बजे बैठक सुरु हुनेछ ।
शुक्रबार झण्डै ६ घण्टा बसेको बैठकमा उपाध्यक्षहरूले आ आफ्नो विषय राखेका थिए । सो क्रममा उनीहरुले अध्यक्ष ओलीलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गरेका थिए ।
आजको बैठकमा आएको सुझावको आधारमा कार्य विभाजनका लागि प्रस्तावित नाम संशोधन हुनसक्ने उपमहासचिव लेखराज भट्टले जानकारी दिए ।
अध्यक्ष ओलीले नेताहरूको कार्य विभाजनको प्रस्ताव सोमबारको बैठकमा राखेका थिए । त्यही प्रस्तावका आधारमा नेताहरूले आ–आफ्ना धारणा राखेका हुन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण