बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

'कान्स क्वीन' ऐश्वर्या रायलाई रेड कार्पेटमा बेवास्ता गरिएको दाबी, आक्रोशित फ्यानले के भने ?

शनिबार, ०९ जेठ २०८३, १२ : ५५
शनिबार, ०९ जेठ २०८३

मुम्बई । विश्वकै प्रतिष्ठित 'कान्स फिल्म फेस्टिभल'मा हरेक वर्ष आफ्नो जादु छर्ने बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन यसपटक भने एउटा भिन्न कारणले चर्चामा छिन्। सामाजिक सञ्जालमा एउटा पोस्ट भाइरल भइरहेको छ, जसमा ऐश्वर्यालाई कान्सको रेड कार्पेटमा अन्तर्राष्ट्रिय फोटोग्राफरहरूले बेवास्ता गरेको दाबी गरिएको छ। 

यस दाबीपछि सामाजिक सञ्जालमा ठूलो बहस सुरु भएको छ र ऐश्वर्याका फ्यानहरूले यसलाई नकारात्मक पीआरको संज्ञा दिँदै आक्रोश व्यक्त गरिरहेका छन्।

भाइरल भएको भिडियो र पोस्टमा ऐश्वर्या राय रेड कार्पेटमा हिँडिरहँदा केही फोटोग्राफरहरूले उनलाई फोटो खिच्न आग्रह नगरेको वा अन्यत्र हेरिरहेको जस्तो देखिएको दाबी गरिएको छ। कतिपयले ऐश्वर्याको पुरानो क्रेज अहिले अन्तर्राष्ट्रिय मिडियामा कम हुँदै गएको टिप्पणी समेत गरेका छन्।

ais3

ऐश्वर्याका फ्यानहरूले भने यो कुरालाई पूर्णतया अस्वीकार गरेका छन्। उनीहरूका अनुसार यो ऐश्वर्याको छवि बिगार्नका लागि नियोजित रूपमा चलाइएको 'नेगेटिभ पीआर' मात्र हो। फ्यानहरूले सामाजिक सञ्जालमा लेखेका छन्, "ऐश्वर्या विगत दुई दशकदेखि कान्सको शान रहँदै आएकी छिन्, उनलाई कसैले इग्नोर गर्न सक्दैन।" 

केही फ्यानहरूले अन्य भिडियोहरू सेयर गर्दै फोटोग्राफरहरूले ऐश्वर्यालाई 'ऐश-ऐश' भनेर बोलाइरहेको र उनको तस्बिर लिन लुछाचुँडी गरिरहेको प्रमाण समेत पेश गरेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप