एमालेका अन्य नेताले पनि माग्न थाले ओलीको राजीनामा
सारांश
- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई मार्गप्रशस्त गर्न सुझाव दिने नेताहरूको सङ्ख्या बढ्दै गएको छ ।
- पूर्वउपाध्यक्ष अष्टलक्ष्मी शाक्यले ओलीको दम्भ, घमन्ड र गुटगत सोचको आलोचना गर्दै पार्टीको नेतृत्व युवा पुस्तालाई हस्तान्तरण गर्नुपर्ने बताएकी छिन् ।
- नेता ईश्वर पोखरेलले एमाले आत्मसमीक्षा र पुनर्गठनको बाटोबाट मात्र अगाडि बढ्न सक्ने सुझाव दिएका छन् ।
काठमाडौँ । नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओलीलाई मार्गप्रशस्त गर्न सुझाव दिनेहरू बढ्दै गएका छन् । शुक्रबारको सचिवालय बैठकमा पार्टी उपाध्यक्षहरूले राजीनामा मागेको विषय सेलाउन नपाउँदै अन्य नेताहरूले पनि उनलाई माग्रप्रशस्त गर्न आग्रह गरेका छन् ।
पूर्वउपाध्यक्ष अष्टलक्ष्मी शाक्यले निर्वाचन पश्चात् गौरवपूर्ण इतिहास बोकेको एमाले आज कमजोर स्थितिमा पुगेको भन्दै अध्यक्ष केपी शर्मा ओलीले कार्यकर्ताको भावना बुझ्न जरुरी रहेको उल्लेख गरेकी छिन् ।
सामाजिक सञ्जालमार्फत उनले भनेकी छिन् – 'अहिले पनि तपाईँले देखाउनुभएको दम्भ, घमन्ड र गुटगत सोच म उस्तै देख्छु। बलिदानको रगतले जन्मेको पार्टी हो एमाले। लाखौं कार्यकर्ताहरूको त्याग र सङ्घर्षबाट अगाडि बढेको पार्टी हो एमाले। यो पार्टी तपाईंको मात्र पेवा होइन । एमाले तपाईँको गुटको कम्पनी पनि होइन।त्यसैले कमरेड सास रहुन्जेल एमाले पार्टीको अध्यक्ष भइराख्ने तपाईंको सोच गलत छ।'
अव युवा पुस्तालाई विश्वास गरेर नेतृत्व पुस्तान्तरण र हस्तान्तरण गर्नुपर्ने उनको भनाइ छ । ससम्मान अध्यक्ष पदबाट बिदा लिनु राम्रो हुने भन्दै उनले ओलीलाई सुझाव दिएकी छिन् ।
नेता ईश्वर पोखरेलले पनि आत्मसमीक्षा र पुनर्गठनको बाटो अवलम्बन गर्न सुझाव दिएका छन् । उनले लेखेका छन्– 'यतिवेला नेकपा एमाले आत्मसमीक्षा र पुनर्गठनको बाटोबाट मात्र अगाडि बढ्न सक्छ जुनसुकै बहानामा यसलाई रोक्न खोज्नु अधोगति निम्त्याउनु हो ।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२४ घण्टामा विपद्का ५८ घटना, ३ जनाको मृत्यु
-
अभिनेत्री जेनिफर विंगेटले गरिन् बिहे
-
जलविद्युत आयोजनालाई राहत : चार समूहमा वर्गीकरण गरी आरसीओडीको म्याद थप गरिने
-
खल्तीमा रहेको मोबाइल फोन विस्फोट हुँदा गुप्ताङ्ग जलेपछि...
-
बाल सुधार गृहको व्यवस्थापन र एकीकृत कानुन निर्माणमा सांसद आचार्यको जोड
-
बाल सुधार गृहमा ‘नाइके प्रथा’ अन्त्य गरी पारिवारिक वातावरण निर्माण गर्न सांसद लामाको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण