विद्याले यसरी सम्झिन् मदनलाई
सारांश
- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जननेता मदन भण्डारीलाई सामान्य राजनीतिक नेता नभई विचार निर्माण गर्ने नेताको रूपमा स्मरण गरेकी छिन् ।
- उनले मदनलाई राजनीतिक आन्दोलनलाई सैद्धान्तिक आधार प्रदान गर्ने चिन्तक, विचारक र जनताको आकाङ्क्षालाई राजनैतिक कार्यक्रमसँग जोड्ने कुशल नेतृत्वकर्ताको रूपमा चर्चा गरेकी छिन् ।
- भण्डारीले लोकतन्त्र, राजनीतिक नैतिकता, सुशासन, सामाजिक न्याय तथा राष्ट्रिय एकताका प्रश्नहरूमा मदनका विचारहरूको गम्भीर अध्ययन र समयानुकूल प्रयोग युवा पुस्ताको दायित्व भएको बताइन् ।
काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जननेता मदन भण्डारीलाई सामान्य राजनीतिक नेता मात्रै नभई विचार निर्माण गर्ने नेताको रूपमा स्मरण गरेकी छिन् । काठमाडौँमा भएको ‘मिडियामा मदन भण्डारी’ पुस्तक विमर्श तथा युवा बहस कार्यक्रममा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफ्ना दिवङ्गत पति भण्डारीको प्रशंसा गरिन् ।
उनले मदन राजनीतिक आन्दोलनलाई सुदृढ सैद्धान्तिक आधार प्रदान गर्ने चिन्तक, विचारक र जनताको आकाङ्क्षालाई राजनैतिक कार्यक्रमसँग जोड्ने कुशल नेतृत्वकर्ता पनि भएको चर्चा गरिन् ।
सञ्चारको शक्ति, जनमतको महत्त्व तथा विचारको प्रभावलाई गहिरोसँग बुझ्ने मिडियामैत्री सुपरिचित राजनीतिज्ञका रूपमा मदनलाई चित्रण गर्दै उनले मदनले त्यति बेला पत्रकारसङ गरेका संवादहरू आज पनि सान्दर्भिक रहेको उल्लेख गरिन् ।
लोकतन्त्रप्रतिको आस्था, राजनीतिक नैतिकता, सुशासन, सामाजिक न्याय तथा राष्ट्रिय एकताका प्रश्नहरू अहिले पनि राष्ट्रिय बहसका प्रमुख विषय रहेको उल्लेख गर्दै पूर्वराष्ट्रपति भण्डारीले मदनका विचारहरूको गम्भीर अध्ययन र समयानुकूल प्रयोग गर्न आवश्यक रहेको बताइन् ।
उनले भनिन्– ‘जननेता मदन भण्डारीका विचारहरूको गम्भीर अध्ययन, व्यापक बहस तथा समयानुकूल तिनको थप विकास र प्रयोग गर्नु पनि युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वविद्यालयमा उपकुलपतिले पदाधिकारी नियुक्त गर्ने
-
भारत सरकार र सीजेपीबिच वार्ता, आन्दोलन भने जारी रहने
-
हर्मुज जलमार्गमा फसेका ६ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान
-
सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते
-
निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा रिहा
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण