सलाहको सफलताको रहस्य : कडा अनुशासन र दृढ संकल्प
सारांश
- मोहम्मद सलाहले लिभरपुल छोड्ने घोषणा गरेपछि उनी 'सबै समयका महान खेलाडीमध्ये एक' भनिएका छन्।
- इजिप्टको गाउँबाट संघर्ष गर्दै युरोपसम्म आइपुगेका सलाहले कडा अनुशासन, निरन्तर प्रयास र गहिरो जुनूनले असाधारण सफलता हासिल गरेका छन्।
- सलाहले मैदानमा मात्र होइन, घरमा पनि कडा अभ्यास, अनुशासित खानपान, ध्यान र मानसिक तयारीमा ध्यान दिएर आफ्नो खेललाई उच्च स्तरमा राखेका छन्।
काठमाडौँ । मोहमद सलाहले लिभरपुल छोड्ने घोषणा गरेपछि योर्गन क्लोपले उनलाई ‘सबै समयका महान् खेलाडीमध्ये एक’ भनेका थिए । क्लपले एन्फिल्डमा आफ्नो पहिलो पाँच सिजनसम्म सालाहलाई प्रशिक्षण दिएका थिए ।
त्यस अवधिमा मात्र उनले १५६ गोल गरे र च्याम्पियन्स लिग, प्रिमियर लिग, तीन घरेलु कप, सुपर कप र क्लब विश्वकप जिते । उनी साँच्चिकै असाधारण फुटबलर हुन् ।
तर उनी केवल फुटबलर मात्र होइनन्, विश्वव्यापी आइकन पनि हुन् । लिभरपुल, युरोप, अफ्रिका, अरब संसारदेखि मुस्लिम समुदायसम्म उनका करोडौँ प्रशंसक छन् । उनको यात्रा असाधारण समर्पण, निरन्तर प्रयास र गहिरो जुनूनको कथा हो ।
गाउँदेखि युरोपसम्मको संघर्ष
इजिप्टको नाग्रिग गाउँमा हुर्किएका सालाहले १४ वर्षको उमेरदेखि नै काइरोमा प्रशिक्षणका लागि दैनिक ९ घण्टा बस यात्रा गर्थे । उनले आफ्नो करियर अल मोकाउलुन अल अरब बाट सुरु गरे । उनले एक पटक सम्झिँदै भनेका थिए, ‘म दुई महिना बेन्चमा बसेँ । मैले बुबालाई भनेँ, म अब सक्दिनँ... म रोइरहेको थिएँ । बुबाले भन्नुभयो, यो सजिलो हुँदैन, तर मेहनत गर, तिमी फेरि खेल्छौ ।’
त्यसपछि उनी फेरि मैदानमा फर्किए, र उनको जीवन बदलियो । पछि उनले युरोप यात्रा सुरु गरे र स्विस क्लब स्ना बसेलमा अनुबन्ध भए । उनले भनेका थिए, ‘मैले आफैँलाई भनेँ, म फरक खेलाडी बन्नुपर्छ ।’
संघर्ष, असफलता र पुनरागमन
युरोपमा उनको सुरुवात सजिलो थिएन । चेल्सी फुटबल क्लबमा उनले धेरै खेल्ने मौका पाएनन् । पछि उनले इटालीमा फ्लोरेन्टिना र रोमामा खेल्दै आफ्नो करियर पुनर्जीवित गरे ।
२०१७ मा उनी लिभरपुल फुटबल क्लब फर्किएपछि उनले भने, ‘म यहाँ खेल्न चाहन्छु । म खुसी छु, र यस क्लबका लागि केही जित्न चाहन्छु ।’ उनले थपे, ‘पहिले र अहिले म धेरै बदलिएको छु, मानसिक र शारीरिक दुवै रूपमा ।’
‘म मेरो पूरा जीवन फुटबलमा दिन्छु’ सालाहले बारम्बार भनेका छन् । ‘म हरेक दिन सुधार गर्न चाहन्छु । म आफ्नो जीवन फुटबलमा दिन्छु ।’
नभन्दै उनले क्लब फुटबलमा अभूतपूर्व उपलब्धि हासिल गरे । उनी इयान रुस (३४६) र रोगर हन्ट (२८५) पछि लिभरपुलको लागि तेस्रो सर्वाधिक गोल (२५७) गर्ने खेलाडी हुन् । अलान सेरर (२६०) ह्यारी केन (२१३) र वायन रोनी (२०८) पछि इङ्लिस प्रिमियर लिगको इतिहासमा चौथो सर्वाधिक गोल (१९३) गर्ने खेलाडी हुन् ।
नौ वर्षे लिभरपुल बसार्ईपछि उनी ट्रफी र कीर्तिमानको धनी मात्र होइन, ‘मानिसहरूले माया गर्ने खेलाडी’ बन्ने आफ्नो मूल लक्ष्य पनि पूरा गरे ।
‘मिस्रका राजा’ उपनाम
उनको उत्कृष्ट २०१७–१८ सिजनपछि एन्फिल्डको दर्शक समूहले उनलाई ‘मो सलाह, मो सलाह . . . इजिप्टियन किङ !’ भन्ने गीत गाउन थाले । यो गीत म्यानचेस्टर आधारित ब्याण्ड ‘ए अफ जिएट जेम्स’को ‘सिट डाउन’को धुनमा आधारित थियो । त्यही सिजन अर्को गीत पनि लोकप्रिय भयो, जसमा उनको मुस्लिम पहिचानलाई सम्मान गर्दै गाइएको थियो ।
गति, शैली र कडा अभ्यास
सालाह प्रिमियर लिग इतिहासका सबैभन्दा छिटा खेलाडीमध्ये एक हुन् उनको गति ३६.६४ किमी÷घण्टा पुगेको छ । उनी दायाँ किनाराबाट खेल्दै भित्र कट गरेर बायाँ खुट्टाले प्रहार गर्ने ‘इन्भर्टेट विंगर’ शैलीका खेलाडी हुन् । तर उनले कमजोर पक्ष सुधार गर्न दायाँ खुट्टामा पनि विशेष अभ्यास गरेका छन् ।
घरमै ‘अस्पताल’ जस्तो कडा दिनचर्या
उनको मेहनत मैदानपछि झन् कडा हुन्छ । उनी घरमै उच्च स्तरका जिम, पुनः स्थापना उपकरण, र हाइपरबेरिक अक्सिजन च्याम्बर प्रयोग गर्छन् । उनले भनेका छन्, ‘मेरो घरमा सबै कुरा छ। यो अस्पतालजस्तै छ ।’ उनी दिनमा दुई पटक जिम, आइस बाथ, योग र पिलाटेस गर्छन् ।
खाना, ध्यान र मानसिक अनुशासन
उनको खाना अत्यन्त अनुशासित हुन्छ । त्यसमा प्रचुर मात्रामा प्रोटिन, सागसब्जी, अण्डा, एवोकाडो, ब्रोकाउली, आलु, ओट्स, बदाम दूध र फलफूल हुने गर्छ ।
उनले चिनी र ग्लुटेन कम खान्छन्, तर इजिप्ट फर्किँदा परम्परागत खाना ‘कोसारी’ खान मन पराउँछन् ।
मानसिक स्वास्थ्यका लागि उनी दैनिक १५–२० मिनेट ध्यान गर्छन् र चेस खेल्छन् ।
समाजप्रतिको योगदान
इजिप्टमा उनलाई राष्ट्रिय प्रेरणा मानिन्छ । उनले गरिब, अनाथ, विधवा तथा असहायलाई सहयोग गर्ने ‘मोहमद सलाह च्यारिटी फाउन्डेसन’ पनि चलाएका छन् ।
लिभरपुलमा उनी खेलाडी मात्र होइन, सामाजिक एकता बढाउने प्रतीक बनेका छन् । उनले क्लबलाई सकारात्मक ऊर्जा मात्र होइन, सामाजिक सद्भाव र विविधता पनि दिएको मानिन्छ । योर्गन क्लोपले भनेका थिए, ‘मो सधैँ लक्ष्यमा केन्द्रित हुन्छ । त्यो सिकाइने कुरा होइन, त्यो भित्रै हुन्छ ।’
भविष्य
उनको भविष्यबारे धेरै चर्चा भइरहेको छ । उनी साउदी लिग, अमेरिका, टर्की जाने वा इटाली फर्किने उत्तिकै सम्भावना छ । तर लाखौँ प्रशंसकका लागि उनी सधैँ ‘इजिप्टका राजा’ नै रहनेछन् । स्थानीय नाग्रिगका एक समर्थकले भनेका थिए, ‘उनी जहाँ गए पनि, हामी सधैँ उनलाई माया र समर्थन गर्छौँ ।’
(नादा हेसामको बिबिसीमा प्रकाशित लेख ‘आइस बाथ, बदाम सेक, ध्यान र अस्पतालजस्तो घरः सलाहको सफलताको रहस्य’ तथा अन्य एजेन्सीमा आधारित)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिममा दुध उत्पादनमा आत्मनिर्भरता, तर औपचारिक बजार व्यवस्थापन भने अझै कमजोर
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण