च्याम्पियन्स लिग खेलेको जिरोना एकै सिजनमा रेलिगेसनमा
सारांश
- च्याम्पियन्स लिग खेलेको एक सिजनपछि जिरोना स्पेनिस ला लिगाबाट रेलिगेसनमा परेको छ।
- एल्चेसँग १-१ गोलको बराबरीमा रोकिएपछि जिरोना दोस्रो श्रेणीमा झर्न बाध्य भयो।
- मायोर्का पनि जिरोनासँगै रेलिगेसनको शिकार भएको छ।
म्याड्रिड । च्याम्पियन्स लिग खेलेको ठीक एक सिजनपछि जिरोना स्पेनिस ला लिगाबाट रेलिगेसनमा परेको छ।
दुई सिजनअघि लिग तालिकाको तेस्रो स्थानमा रहँदै ऐतिहासिक सफलता हात पारेको क्याटालन क्लब जिरोनालाई ला लिगामा टिकिरहन अन्तिम खेल जित्नैपर्ने दबाब थियो, तर एल्चेसँग १–१ गोलको बराबरीमा रोकिएपछि टोली दोस्रो श्रेणीमा झर्न बाध्य भयो।
जिरोनासँगै मायोर्का पनि रेलिगेसनको शिकार भएको छ। पुछारमा रहेको रियल ओभिएडोलाई ३–० ले पराजित गरे पनि मायोर्का ला लिगामा जोगिन सकेन। यस जितसँगै मायोर्काको ४२ अङ्क पुगेको थियो, जुन ओसासुना र लेभान्टे सरह नै हो। तर, यी तीन क्लबबिचको हेड-टु-हेड टाइब्रेकरमा पछि परेपछि मायोर्का दोस्रो डिभिजनमा घटुवा भयो।
अर्कोतर्फ, च्याम्पियन बनिसकेको बार्सिलोना भने भ्यालेन्सियासँग ३–१ गोल अन्तरले पराजित भएको छ। कार्लोस कोर्बेरानको टोली भ्यालेन्सियाका लागि यो जित प्रतिष्ठित भए पनि युरोपेली प्रतियोगिताको छनोट दौडमा पर्न भने पर्याप्त रहेन।
लिगको छौटौँ स्थानमा रहँदै सेल्टा भिगोले युरोपा लिगमा आफ्नो स्थान सुरक्षित गरेको छ। सेल्टा भिगोले सेभियालाई १–० ले पराजित गर्दै उक्त सफलता पाएको हो। त्यस्तै, गेटाफेले ओसासुनालाई १–० ले हराउँदै तालिकाको सातौँ स्थान कब्जा गर्यो र कन्फरेन्स लिगका लागि छनोट हुन सफल भयो।
यसैबिच, सान्टियागो बर्नाबेउमा भएको खेलमा रियल म्याड्रिडले एथलेटिक बिल्बाओलाई ४–२ गोल अन्तरले पराजित गरेको छ। रियल म्याड्रिडका लागि जुड बेलिङ्घम र किलियन एमबाप्पे दुवैले गोल गरे। यो खेल रियल म्याड्रिडका भेट्रान डिफेन्डर ड्यानी कार्भाहालका लागि क्लबबाट ४५१ औँ तथा अन्तिम खेल रह्यो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण