दक्षिण कोरियाली भूमिमा उत्तर कोरियाली टोली बन्यो च्याम्पियन
सारांश
- उत्तर कोरियाली टोलीले दक्षिण कोरियामा भएको एएफसी महिला च्याम्पियन्स लिगको उपाधि जितेको छ।
- नेगोह्याङले फाइनलमा जापानको टोकियो भेर्डी बेलेजालाई १-० गोलले पराजित गर्दै उपाधि हात पारेको हो।
- यस जितसँगै उत्तर कोरियाली टोलीले आगामी फिफा महिला च्याम्पियन्स कपमा स्थान सुरक्षित गरेको छ।
सुवन । सीमा पार गरेर दक्षिण कोरिया प्रवेश गर्दै इतिहास रचेको उत्तर कोरियाली टोलीले एएफसी महिला च्याम्पियन्स लिगको उपाधि जितेको छ।
दक्षिण कोरियाको सुवन सहरमा भएको फाइनल खेलमा नेगोह्याङले जापानको टोकियो भेर्डी बेलेजालाई १–० गोल अन्तरले पराजित गर्दै उत्तर कोरियाको राष्ट्रिय झण्डा फहराएर विजयोत्सव मनाएको हो।
दक्षिण कोरियाको राष्ट्रिय सुरक्षा ऐन अन्तर्गत उत्तर कोरियाको झण्डा फहराउन सामान्यतया प्रतिबन्धित मानिन्छ। तर, केही अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिताहरू जस्ता विशेष परिस्थितिमा भने यसको प्रयोग गर्न पाइने व्यवस्था छ।
खेलको पहिलो हाफ सकिनु ठीक अघि कप्तान किम क्युङ योङले गरेको गोल नै निर्णायक बन्यो। यस जितसँगै उत्तर कोरियाली टोलीले यस प्रतियोगितामा आफ्नो पहिलो सहभागितामै उपाधि चुम्न सफल भएको छ।
जितपछि नेगोह्याङका प्रशिक्षक रि यु इलले भने, ‘एसियाको शीर्ष टोलीका रूपमा विश्वमञ्चमा अगाडि बढ्दै गर्दा आज हामी एउटा ऐतिहासिक क्षणको सामना गरिरहेका छौँ, यस बेला हामीले महसुस गरेको भावना र उत्साह शब्दमा बयान गर्न सकिँदैन ।’ उनले ट्रफी वितरण समारोह सम्पन्न भइसकेकाले अब आफूहरूका सामुन्ने नयाँ चुनौतीहरूको सामना गर्ने काम बाँकी रहेको बताए।
उत्तर कोरियाली टोलीको यो जितसँगै उनीहरूले आगामी वर्ष हुने फिफा महिला च्याम्पियन्स कपमा आफ्नो स्थान सुरक्षित गरेका छन्, जहाँ छ वटै महादेशीय महासंघका च्याम्पियन टोलीहरूले प्रतिस्पर्धा गर्नेछन्।
उत्तर र दक्षिण कोरियाबिचको यात्रा प्रतिबन्धका कारण शनिबारको खेलमा आधिकारिक रूपमा कुनै पनि उत्तर कोरियाली समर्थकहरू उपस्थित थिएनन्। यद्यपि, सोलको एकीकरण मन्त्रालयको समर्थन रहेका नागरिक समाजका करिब १ हजार २०० सदस्यहरू फाइनल खेल हेर्न रंगशाला पुगेका थिए।
खेलपछि आयोजित पत्रकार सम्मेलनमा एक दक्षिण कोरियाली पत्रकारले उत्तर कोरियालाई ‘उत्तर तर्फ’ भनी सम्बोधन गरेर प्रश्न सोधेपछि प्रशिक्षक रि र विजयी गोलकर्ता किम पत्रकार सम्मेलन नै छोडेर बाहिरिएका थिए।
सन् १९५३ मा कोरियाली युद्ध समाप्त हुँदा कुनै शान्ति सम्झौतामा हस्ताक्षर हुन नसकेका कारण प्राविधिक रूपमा यी दुई देश अझै पनि युद्धकै अवस्थामा छन्। विगतमा सम्बन्ध सुधार्ने प्रयासहरू भए पनि हालैका वर्षहरूमा दुई देशबिचको सम्बन्ध निकै चिसिएको छ।
उत्तर कोरियाले दक्षिण कोरियालाई आफ्नो ‘सबैभन्दा शत्रुतापूर्ण राज्य’ घोषणा गर्दै अबदेखि एकीकरणको प्रयास नगर्ने बताएको छ। यद्यपि, दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङले भने सम्बन्ध सुधारका लागि प्रयास गरिरहेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हेटौँडा–काठमाडौँ जोड्ने सडकहरूमा रात्रिकालिन यात्रामा रोक
-
मिटरब्याज पीडितलाई घर फर्काउने सरकारको प्रयास : माग पूरा नभएसम्म नफर्किने पीडितको अडान
-
लुम्बिनी प्रदेश : मन्त्रालय घटाउने निर्णय कार्यान्वयनमा अझै समय लाग्ने
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक छनोट प्रक्रियामा मन्त्रालयको त्रुटि, आवेदन प्रक्रिया रद्द
-
सुदूरकाे बजेट पारितबारे मुख्यमन्त्री भन्छन्– एमालेसँग संवाद जारी छ, भोलिसम्म निकास निस्कन्छ
-
गणेश नेपालीकाे मृत्युपछि महानगर प्रहरी फेरि सडकमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण